पर्साका १० वडामध्ये कांग्रेस र एमाले ४-४ मा विजयी, २ वटामा जसपाको जित
वीरगन्ज : स्थानीय तह निर्वाचन अन्तर्गत पर्सामा जारी मतगणनामा आईतबार बेलुकीसम्म १० वटा वडाको अन्तिम नतीजा सार्वजनिक भएको छ। जसमध्ये कांग्रेसले ४, एमालेले ४ र जसपाले २ वडाध्यक्ष जितेको छ।
पर्साको छिपहरमाई गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कामेश्वरप्रसाद यादव विजयी भएका छन्। उनले ७२९ मत प्राप्त गरेका हुन्। उनका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका रामपुकार यादवले ६ सय ४२ मत ल्याएका हुन्।
पर्साको धोबिनी गाँउपालिका-१ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार बन्धु साह तेली निर्वाचित भएका छन्। तेलीले ५ सय ७४ मत पाएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी जसपाका उम्मेदवारले ४ सय ७७ मत मात्रै पाए।
पर्साको पोखरीया नगरपालिका-१० को वडाध्यक्षमा कांग्रेसका सोनालाल साह गोढ विजयी भएका छन्। उनले ४४७ मत पाए। उनका निटकतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार बुनिलाल राउत कुर्मी उम्मेदवारले ३८७ मत मात्रै प्राप्त गरे।
पर्साको बहुदरमाइ नगरपालिका-१ को वडाध्यक्षमा कांग्रेसका प्रमोद यादव विजयी भएका छन्। ५७० मतका साथ उनी वडाध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी एमालेका मनोज राउत अहिरले ५४२ मत मात्रै प्राप्त गरेका छन्।
पर्साको पोखरीया नगरपालिका-१ को वडाध्यक्षमा नेकपा एमालेका प्रमोद गिरी विजयी भएका छन्। उनले ४४७ मत पाएका हुन्। उनका निटकतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार राजु गिरीले २६७ मत मात्रै प्राप्त गरे।
पर्साको ठोरी गाँउपालिका-१ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार धनमान थापा विजयी भएका छन्। उनले ६५१ मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार नवराज फुयाँलले ६३० मत पाए।
पर्साको जीराभवानी गाँउपालिका-१ को वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार रामशरण खवास विजयी भएका छन्। १ हजार २ सय ८८ मतका साथ वडाध्यक्षमा खवास निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शेख नुमान आजमले ९ सय ३३ मत मात्रै प्राप्त गरेका छन्।
पर्साको पटेर्वासुगौली गाँउपालिका-१ को वडाध्यक्षमा नेकपा एमालेका फरमान मिया निर्वाचित भएका छन्। मिया ५२३ मतका साथ वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुलेमान मिया दर्जीले ३८४ मत प्राप्त गरेका छन्।
पर्साको बिन्दबासनी गाउँपालिका-१ को वडाध्यक्षमा जसपाका अक्षयलाल महतो निर्वाचित भएका छन्। महत्तो ३७९ मतका साथ वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार सागीर मियाले भने २७१ म्त मात्रै प्राप्त गरेका छन्।
पर्साको धोबीनी गाँउपालिका -२ को वडाअध्यक्षमा जसपाका देवेन्द्र प्रसाद कुर्मी निर्वाचित भएका छन्। कुर्मी ८७५ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली एमालेका उम्मेदवार नन्दलाल प्रसाद पटेलले ४९१ मत प्राप्त गरेका छन्।