घोराहीमा एमालेको अग्रता, पछि परे गठबन्धन
दाङ : घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धन्का उम्मेदवार हेमराज शर्मा पछि पारेका छन्। सुरुवातदेखि अग्रता लिएका माओवादी उम्मेदवार शर्माले नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरीसँग पछि परेका हुन्।
पछिल्लो मत परिणामअनुसार चौधरीले ७०४५ मतसहित अग्रता लिएका छन् भने शर्माले ७०१० मत ल्याएका छन्। चौधरी ३५ मतका साथ अगाडि छन्।
त्यस्तै उपमेयरतर्फ कांग्रेसका भुपबहादुर डाँगी ७४४१ मतसहित अग्रस्थानमा छन् भने एमालेकी हुमा डीसीले ६७८७ मत पाएकी छन्।