चन्द्रकोट गाउँपालिकामा गठबन्धन विजयी
गुल्मी : चन्द्रकोट गाउँपालिकामा सत्ता गठवन्धन विजयी भएको छ। यहाँ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठवन्धन छ।
गाउँपालिका अध्यक्षमा माओवादीका युवराज केसीले ५ हजार ७ सय मत लिएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका चेतन बस्नेतले ३ हजार २ सय ४७ मत पाए।
उपाध्यक्षमा नेपाली कांग्रेसका विष्णुप्रसाद भण्डारीले ५ हजार १६ मत लिएर विजयी भए भने प्रतिस्पर्धी एमालेकी राधिका अर्यालले ३ हजार ८ सय १६ मत पाइन्।
वडा नम्वर १ मा माओवादीका घनश्याम खरेल, २ मा स्वतन्त्र उम्मेदवार कमल केसी, ३ मा कांग्रेसका डिल्लीराज सुवेदी, ४ मा कांग्रेसका बलबहादुर बस्नेत, ५ मा कांग्रेसकै चित्रबहादुर कार्की, ६ मा एमालेका अमरसिंह दगामी, ७ मा एमालेकै अन्नतराम भण्डारी र ८ मा कांग्रेसका फणिन्द्रराज अर्याल विजयी भएका छन्।