ताप्लेजुङको फक्ताङलुङ र मेरिङदेन गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

ताप्लेजुङको फक्ताङलुङ र मेरिङदेन गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

ताप्लेजुङ : ९ वटा स्थानीय तह रहेको ताप्लेजुङका फक्ताङलुङ गाउँपालिका र मेरिङदेन गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । दुवै पालिका गठबन्धन तर्फका उम्मेदवार निर्वाचित भएका छन् । 

मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसका गठबन्धनका उम्मेदवार युक हां विर हांगाम डम्बरले २ हजार ८ सय ६९ मतसहित अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका केदारजंग लिम्बूले २ हजार ७ सय ७० मत ल्याएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका दुर्गाप्रसाद श्रेङचोङ्गवाङ २ हजार ५ सय ९८ मत ल्याएर निर्वाचित भए । उनलाई एमालेको समर्थन रहेका स्वतन्त्र उम्मेदवार दावाछिरिङ शेर्पाले चुनौती दिएका थिए । शेर्पा १ हजार ६सय ५७ मत मात्रै प्राप्त गरे । त्यहाँ अध्यक्ष कांग्रेस र उपाध्यक्ष नेकपा एसले पाउने सहमति थियो ।

उता फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बू (मुक्ति) निर्वाचित भएका छन् । लिम्बू २ हजार ६ सय ६० मत ल्याएर निर्वाचित भएका हुन् । उनले निवर्तनमान पालिका अध्यक्ष समेत रहेका नेकपा (एमाले) उम्मेदवार सरोज लिम्बूलाई ३ सय ४८ मतान्तरले पराजित गरे । सरोजले २ हजार ३ सय १२ मत ल्याएका छन्  । उपाध्यक्षमा भने नेपाली कांग्रेसका रविन साम्रा लिम्बू निर्वाचित भएका छन् । उनले २ हजार ३ सय ५८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेकी शान्ति माया लिम्बू (पौडेल) ले २ हजार २ सय १२ मत ल्याइन् । त्यहाँ अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेसले पाउने गरी गठबन्धन थियो ।

जिल्लामा हालसम्म ३३ वटा वडाको मतगणना सकिएको छ । पछिल्लो परिणाम अनुसार गठबन्धन तर्फका उम्मेदवार फुङ्लिङ नगरपालिका सहित ३ स्थानीय तहमा गठबन्धन अगाडी देखिएको छ । भने बाँकी पालिकामा नेकपा एमालेले अग्रता लिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.