भरतपुर महानगरपालिकामा ३ मतले रेणुको अग्रता

भरतपुर महानगरपालिकामा ३ मतले रेणुको अग्रता

भरतपुर : चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले पुन: अग्रता लिएकी छन्। यसअघि एमाले उम्मेदवार विजय सुवेदीसँग पछाडि परेकी रेणु पछिल्लो परिणामअनुसार ३ मतले अग्रता लिएकी हुन्।

१० हजार २०६ मत गणना हुँदा मेयरका उम्मेदवार दाहालले ३५७८ र सुवेदीले ३५७५ मत प्राप्त गरेका छन्।  त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १३६० मत पाएका छन्। 

उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले ४०४३ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले २८१६ मत पाएकी छन्। अहिले वडा नम्बर ३ मत गणना भइरहेको छ।

मेयर 
३५७५ विजय सुवेदी (एमाले)
३५७८ रेनु दाहाल (माओवादी)
१३६० जगन्नाथ पौडेल ( स्वतन्त्र )

उपमेयर
४०४३ चित्रसेन अधिकारी ( काङ्ग्रेस )
२८१६ हिमला गुरुङ्ग (राप्रपा )

वडा अध्यक्ष 
विकास थापा  (सूर्य) -  १०७६
भरत लामिछाने (रुख) - ६९०


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.