ओखलढुंगा :  परिणाम आएका ४५ मध्ये अधिकांश वडामा कांग्रेस विजयी

ओखलढुंगा :  परिणाम आएका ४५ मध्ये अधिकांश वडामा कांग्रेस विजयी

ओखलढुंगा : ओखलढुंगाका ७५ मध्ये ४५ वडाको मत गणना सकिएको छ। आठ स्थानीय तह रहेको ओखलढुंगाका परिणाम आएका ४५ वडामा अधिकांश कांग्रेस उम्मेदवार विजयी भएका छन्। 

२९ वडामा नेपाली कांग्रेस, ११ वडामा एमाले, ४ वडामा माओवादी केन्द्र र १ वडामा जसपाले जित हात पारेका छन्। सिद्धिचरण नगरपालिकाका  १२ वडामध्ये ६ वटाको मत परिणाम आएको छ। परिणाम आएका ६ मध्ये १ माओवादी केन्द्र र ५ मा नेपाली कांग्रेसले जितेको छ। प्रमुख उप प्रमुख पदमा पनि कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। 

चिशंखुगढी गाउँपालिकाका ८ वडामध्ये ६ मा परिणाम आउँदा २ माओवादी, २ कांग्रेस र १ एमालेले जितेका छन्। माओवादी–कांग्रेस गठबन्धन रहेको यो पालिकामा पनि गठबन्धनका अध्यक्ष र उपाध्यक्षको अग्रता छ। मोलुङ गाउँपालिकाका ८ वडामध्ये ५ वटाको परिणाम आएको छ। यहाँ ३ एमाले र २ कांग्रेसले जितेको छ। यहाँ एमालेका अध्यक्ष र उपाध्यक्षले अग्रता लिएका छन्।

लिखुका ४ वडाको मत परिणाम आउँदा २ एमाले र २ कांग्रेसले जितेका छन्। पालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवारले फराकिलो अग्रता कायम गरेका छन्। 

खिजीदेम्वा गाउँपालिकामा ९ वडामध्ये ७ वडाको परिणाम आएको छ। १ वडामा जसपाले जित हात पारेको छ भने ६ वडा कांग्रेसले जितेको छ। पालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवारको अग्रता कायम छ। 

सुनकोसीका १० वडामध्ये मत गणना सुस्त हुँदा ३ वटाको मात्रै परिणाम आएको छ। २ वडा कांग्रेसले जितेको छ भने एमालेले १ वडामा जित हात पारेको छ। पालिका अध्यक्ष र उपाध्यक्षमा पनि कांग्रेसकै फराकिलो अन्तरले अग्रता कायम गरेको छ।
त्यस्तै चम्पादेवीका १० वडामध्ये ७ वटामा परिणाम आउँदा २ एमाले र ५ कांग्रेसले जितेका छन्। पालिका अध्यक्ष र उपाध्यक्ष पनि कांग्रेसकै अग्रता छ।

मानेभञ्ज्यांगमा स्वतन्त्र र कांग्रेस तथा एमाले र जसपाबीच गठबन्धन चुनावी मैदानमा छन्। माओवादी केन्द्र पनि एकल मैदानमा छ। मानेभञ्ज्याङका ९ मध्ये ७ वडाको मत परिणाम आउँदा ५ वडामा कांग्रेस र २ मा एमाले विजयी भएको छ। यहाँ मानेभञ्ज्यांगमा स्वतन्त्र र कांग्रेस गठबन्धनका उम्मेदवार जित नजिक पुगेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.