डोटीका तीन पालिकाको नतिजा सार्वजनिक

डोटीका तीन पालिकाको नतिजा सार्वजनिक

डोटी : डोटीका तीन गाउँपालिकाको निर्वाचनको नतिजा आएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओबादी केन्द्रले एक–एक स्थानीय तहमा जित हात पारेको छ।

नेकपा एमालेको बाहुल्यता भएको आदर्श गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। आदर्श गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा बहुमतका साथ नेकपा एमालेले जित हात पारेको थियो। नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्र बहादुर सिंह र नेकपा एमालेका जिल्ला अध्यक्ष चक्र बहादुर मल्लको समेत घर भएको उक्त गाउँपालिकामा कसले जित्छ भन्ने सबैको चासोको विषय बन्दै आएको थियो।

आदर्श गाउँपालिका

आदर्श गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार गणेश बहादुर खड्का र उपाध्यक्षका उम्मेदवार लक्ष्मी रोकाय विजयी भएका छन्। अध्यक्षमा विजयी भएका खड्काले ३१५० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डम्मर बहादुर ओलीले २९५० मत ल्याएका छन्।

त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसको तर्फका लक्ष्मी रोकायले ३०५१ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जानकी शाही खड्काले २९६१ मत ल्याएकी छन्।

७ वटा वडा रहेको आदर्श गाउँपालिकाको १ नम्बर वडा अध्यक्षमा नेपाली कांग्रेसका भरत बहादुर खड्का ८३२ मत ल्याएर विजयी भएका छन्। वडा नम्बर २ को अध्यक्षमा नेकपा एमालेका रमेश बहादुर साउदले ५०५ मतका सात विजयी भएका छन् भने वडा नम्बर ३ को वडा अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र पाठक ६९४ मत ल्याएर विजयी भएका हुन्। वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका खगेन्द्र ओझा ६०६ मतका सात विजयी भएका छन्।

त्यसैगरी वडा नम्बर ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उत्तम सिंहले ६४५ मत ल्याएर विजयी भएका हुन् भने वडा नम्बर ६ को अध्यक्षमा नेकपा एमालेका लाल बहादुर खडायत ५४३ मतका सात विजयी भएका छन्। वडा नम्बर ७ को वडा अध्यक्षमा नेपाली कांग्रेसका लाल बहादुर बिष्ट ३३६ मत ल्याएर विजयी भएका हुन्।

बोगटान फुड्सिल गाउँपालिका

बोगटान फुड्सिल गाउँपालिकामा नेकपा माओबादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार कमल गड्सिला र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बिष्ना देउवा बम विजयी भएका छन्। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओबादी केन्द्रका बिच कडा प्रतिस्पर्धा भएको थियो। अध्यक्षमा विजयी भएका गड्सिलाले २०५८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हस्त बहादुर बुढाले २०२४ मत ल्याएका छन्। जम्मा ३४ मतअन्तरले माओबादीका गड्सिलाले जितेका हुन्। नेपाली कांग्रेसका डिल बहादुर बमले १९३४ मत ल्याएर तेस्रो भएका छन्। उक्त गाउँपालिकामा अध्यक्षमा गड्सिला दोहरिएका छन्।

त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसको तर्फका बिष्ना देउवा बमले २०६३ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञानु मल्ल बमले १९९१ मत ल्याएकी छन्। नेकपा माओबादी केन्द्रका कलावती चिमालाले १८७१ मत ल्याएकी छन्। उपाध्यक्षमा बिष्नाले २०७४ को निर्वाचनमा हार व्यहोरेकी थिइन र यसपाला भने जितेकी छन्।

७ वटा वडा रहेको आदर्श गाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा नेकपा एमालेका खेम बहादुर घर्तीमगर ८३२ मत ल्याएर विजयी भएका छन्। वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेसका भरत बहादुर बलमे २८९ मतका सात विजयी भएका छन् भने वडा नम्बर ३ को वडा अध्यक्षमा नेपाली कांग्रेसकै कृष्ण बहादुर बलमे २१३ मत ल्याएर विजयी भएका हुन्। वडा नम्बर ४ को अध्यक्षमा नेकपा माओबादी केन्द्रका दिप बहादुर बम ४१४ मतका सात विजयी भएका छन्।
त्यसैगरी वडा नम्बर ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका राम बहादुर बोहरा २७४ मत ल्याएर विजयी भएका हुन् भने वडा नम्बर ६ को अध्यक्षमा नेकपा एमालेका श्याम बहादुर बोगटी ४४६ मतका सात विजयी भएका छन्। वडा नम्बर ७ को वडा अध्यक्षमा नेकपा माओबादी केन्द्रका शंकरमान सुनार ४०५ मत ल्याएर विजयी भएका हुन्।

जोरायल गाउँपालिका

जोरायल गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार दुर्गादत्त ओझा र उपाध्यक्षमा एमालेकै जमुना बोहरा विजयी भएका छन्। जोरायलमा गाउँपालिकामा समेत अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले र नेपाली कांग्रेस बिच कडा प्रतिस्पर्धा भएको थियो। अध्यक्षमा विजयी भएका ओझाले ३४४९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिपक बहादुर बिष्टले ३४१२ मत ल्याएका छन्। जम्मा ३७ मतअन्तरले एमालेका ओझाले जितेका हुन्। उक्त गाउँपालिकामा अध्यक्षमा ओझा दोहरीएका हुन्। २०७४ सालको निर्वाचनमा समेत ओझालेनै जितेका थिए।

त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेकै तर्फका जमुना बोहराले ३५९९ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रा कुमारी साउदले ३५१७ मत ल्याएकी छन्। उपाध्यक्षमा समेत बोहरा दोहरीएकी छन्। २०७४ सालको निर्वाचनमा समेत बोहरालेनै जितेकी थिइन।

६ वटा वडा रहेको जोरायल गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका जगत बहादुर मल्ल ६०१ मत ल्याएर विजयी भएका छन्। वडा नम्बर २ को अध्यक्षमा एमालेकै बिर बहादुर दर्लामी ६५८ मतका सात विजयी भएका छन् भने वडा नम्बर ३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका नबिन ओझा ६६८ मत ल्याएर विजयी भएका हुन्। वडा नम्बर ४ को अध्यक्षमा नेकपा एमालेका नन्दराज भट्ट १११२ मतका सात विजयी भएका छन्।
त्यसैगरी वडा नम्बर ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका ध्वज बहादुर देउवा ५२६ मत ल्याएर विजयी भएका हुन् भने वडा नम्बर ६ को अध्यक्षमा नेकपा एमालेका गणेश बहादुर बोहरा ५६६ मतका सात विजयी भएका छन्।

बाँकी पालिकामा नेपाली कांग्रेसको अग्रता

डोटीका मतगणना जारी रहेका पाँच वटा पालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। जिल्लाका दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, पूर्बीचौकी गाउँपालिका, सायल गाउँपालिका र केआईसिंह गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ। पाँचवटै पालिकामा नेपाली कांग्रेस जित्ने लगभग निश्चित भएको छ।

डोटीको बडीकेदार गाउँपालिकामा भने यसअघिनै नेपाली कांग्रेसको तर्फका अध्यक्ष र उपाध्यक्षमा विजयी भइसकेका छन्। नेपाली कांग्रेसका भैरब बहादुर साउदले अध्यक्षमा र डम्मरी कुमारी बिष्ट उपाध्यक्षमा विजयी भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.