साइमन्ड्सको दुर्घटनामा निधन

साइमन्ड्सको दुर्घटनामा निधन

 सिड्नी : अस्ट्रेलियाका पूर्व दिग्गज क्रिकेटर एन्ड्रयु साइमन्ड्सको निधन भएको छ। ४६ वर्षीय साइमन्ड्सको शनिबार राति कार दुर्घटनामा परी निधन भएको हो।

शनिबार राति अस्ट्रेलियाको टाउन्सविलस्थित एलिस रिभर ब्रिज नजिकै भएको सवारी दुर्घटनामा साइमन्ड्स गम्भीर घाइते भएका थिए। उनलाई उद्वार गरी तत्कालै उपचारका लागि अस्पताल पु¥याइएको थियो। उनलाई बचाउनका लागि चिकित्सकहरूले ठूलै प्रयास गरेका थिए। ठूलो कोसिसका बाबजुद पनि उनलाई बचाउन नसकेको चिकित्सकहरूले बताएका छन्। चिकित्सकहरूका अनुसार साइमन्ड्सलाई गम्भीर चोट लागेका कारण सम्पूर्ण कोसिस गर्दा पनि बचाउन नसकिएको हो।

प्रहरीका अनुसार तीव्र गतिका कारण साइमन्ड्स सवारी दुर्घटना भएको हो। तीव्र रफ्तारका कारण कार पल्टिएको थियो। कारमा उनी एक्लै सवार थिए। अस्ट्रेलियाका पूर्व विकेटकिपर ब्याट्सम्यान एड्म गिलक्रिस्टले सामाजिक सञ्जालमा ट्विट गर्दै साइमन्ड्सको निधनको खबर सार्वजनिक गरेका थिए। 

यस वर्ष अस्ट्रेलियाको खेल जगतका लागि दुखद् वर्ष बन्न पुगेको छ। यही वर्ष अस्ट्रेलियाले आफ्ना दिग्गज खेलाडी शेन वार्न र रड मार्सलाई गुमाएको छ। साइमन्ड्स अस्ट्रेलियाले गुमाएको तेस्रो दिग्गज खेलाडी हुन्।
४६ वर्षीय साइमन्ड्सले सन् १९९८ देखि २००९ सम्म अस्ट्रेलियाका लागि खेलेका थिए। उनले २६ टेस्ट, १९८ एकदिवसीय र १४ टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेका थिए। उनले एकदिवसीय क्रिकेटमा ३९.७५ को औसतमा पाँच हजार ८८ रन बनाएका उनले एक सय ३३ विकेट लिएका छन्।

उनी अस्ट्रेलियाले सन् २००३ र २००७ मा एकदिवसीय विश्वकपको उपाधि जित्दा टोलीका महत्वपूर्ण खेलाडी रहेका थिए। आक्रामक अलराउन्डर क्रिकेटरको छवि बनाएका साइमन्ड्स आक्रामक ब्याटिङ गर्थे भने मध्यम गतिको बलिङमा धेरैलाई धरापमा पार्थे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.