कुम्मायक गाउँपालिका अध्यक्षमा कांग्रेसका लावती र उपाध्यक्षमा माओवादीका खड्का विजयी
फिदिम : पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बमप्रसाद लावती र उपाध्यक्षमा माओवादी केन्द्रका महेन्द्रबहादुर खड्का विजयी बनेका छन् ।
अध्यक्षका निकटतम प्रतिद्वन्दी एमालेका भीम सम्बाहम्फेलाई १५७ मतले पछि पार्दै लावतीले कुम्मायकमा ऐतिहासिक जित हासिल गरेका हुन् । लावतीले तीन हजार ५७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी सम्बाहम्फेले दुई हजार नौ सय मत प्राप्त गरेका हुन्
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका महेन्द्र खड्का विजयी बनेका छन् । खड्काले निकटतम प्रतिद्वन्द्वी एमालेकी सीता आचार्यलाई २८ मतले पराजित गरेका हुन् । खड्काले दुई हजार सात सय ५८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी आचार्यले दुई हजार सात सय २४ मत प्राप्त गरेकी हुन् । आचार्य निवर्तमान उपाध्यक्ष समेत हुन् ।
कुम्मायक गाँउपालिकालाई नेकपा एमालेको किल्लाको रुपमा लिने गरिन्छ । पाँच वडा वडा रहेको कुम्मायकमा स्थानीय तहको अघिल्लो निर्वाचनमा एमालेले अधिकांश वडासहित फराकिलो मतले पालिकामा जित निकालेको थियो ।