घोराही उपमहानगरपालिकामा एमाले अगाडि
काठमाडौं : घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ। एमाले १ हजार २१९ मतले अगाडि छ।
एमालेका मेयर उम्मेदवार नरूलाल चौधरीले ११ हजार ४६० मत ल्याएका छन् भने गठबन्धन तर्फबाट माओवादीका हेमराज शर्मा (डायमण्ड)ले १० हजार २४१ मत ल्याएका छन्।
एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेकी हिमा डिसीले ११ हजार १३८ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले १० हजार ९४८ मत प्राप्त गरेका छन्।
अहिले डाँगी र डिसीबीच १९० मतान्तर छ।