चौदण्डिगढीमा एमालेको प्रमुख दुबै पदमा अग्रता

चौदण्डिगढीमा एमालेको प्रमुख दुबै पदमा अग्रता

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा एमालेको अग्रता लिएको छ। २३ हजार ९० मत खसेको चौदण्डीगढीमा यो समाचार तयार पर्दासम्म ११ हजार १९१ मत गणना भैसकेको छ।

 
मतपरिणाम अनुसार एमालेका मेयरका उमेदवार कालुमान लामाले प्रतिस्पर्धि नेपाली कांग्रेसका खगेन्द्र राईलाई १ हजार १०५ मतको फरक बनाएका छन्। लामाले ४ हजार २२७ मत प्राप्त गरेका छन् भने राईले ३ हजार १२२ मत प्राप्त गरेका छन्। 

त्यसैगरी उपमेयरमा एमालेकी मणिकादेवी दुलालले कांग्रेसकी रिताकुमारी चौधरीलाई ९८५ मतको अन्तर बनाएकी छिन्। दुलालले ४ हजार १३३ र चौधरीले ३ हजार १४८ मत प्राप्त गरेकी छिन्। कांग्रेसका दुबै उम्मेदवार यसअघिका मेयर र उपमेयर हुन्। 

त्यसैगरी गठबन्धन नेकपा(एस)बाट मेयर पदका उम्मेदवार नरेन्द्रकुमार राउतले १ हजार ९६८ र उपमेयरमा नेकपा माओबादी केन्द्रकी रिहा थापाले १ हजार ७८४ मत प्राप्त गरेकी छिन्। 

१० वटा वडा रहेको चौदण्डिमा हालसम्म ४ वटा गणना भैसकेको छ। त्यसमध्ये ३ वटामा एमाले र १ वटामा कांग्रेस विजयी भएको छ। यसअघि चौदण्डिगढीमा नेकपा एमालेले एक मात्र वडा वडानं ९ मा जित निकालेको थियो। 

मतपरिणाम अनुसार वडा नं. १ मा एमालेका सिताराम राई, वडा नं. २ मा एमालेकै हरी खड्का, वडा नं. ३ मा नेपाली कांग्रेसका पर्शुराम राई र वडा नं. ४ मा एमालेका लुङ्गराज राई विजयी भैसकेका छन्। अहिले वडा नं. ५ र ६ को गणना भैरहेको छ। वडा नं. ५ को अध्यक्षमा एमाले र वडा नं. ६ मा कांग्रेसले अग्रता लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.