माङ्सेबुङ अध्यक्षमा एमालेका राई विजयी
इलाम : इलामको माङ्सेबुङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार हेमन्त राई विजयी भएका छन्।
उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी भएका छन्। नेम्बाङले पाँच वर्ष अघि आफूलाई पराजित गर्ने एमालेकी सुनिता सुब्बालाई पराजित गरेका हुन्।
इदिङ्गो निवर्तमान गाउँपालिका अध्यक्ष हुन्। २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा राईलाई नै पराजित गर्दै इदिङ्गो अध्यक्षमा विजयी भएका थिए। ५ वर्षपछि राई र इदिंगो भिडेका थिए।
त्यस्तै एमालेकी उम्मेद्वार सुनिता सुब्बालाई ६ सय ८३ मतान्तरले पराजित गर्दै नेम्बाङ उपाध्यक्ष पदमा विजयी भएका हुन्। गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेम्बाङले ३ हजार ७ सय २९ मत पाउँदा उनका निकटतम प्रतिष्पर्धी एमालेकी सुब्बाले ३ हजार ४६ मत पाएकी छन्।
सुब्बा निवर्तमान उपाध्यक्ष हुन्। २०७४ को स्थानीय तह निर्वाचनमासमेत नेम्बाङ र सुब्बा उपाध्यक्ष पदका प्रतिष्पर्धी थिए। सो निर्वाचनमा एमालेकी सुब्बा विजयी भएकी थिइन्। यसपटक नेम्बाङले विजय हासिल गरे।
माङसेबुङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन थियो। वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रको गठबन्धन थियो। १२ हजार ५ सय ६८ मतदाता रहेको माङसेबुङमा ८ हजार ३ सय ७ मत खसेको थियो।