डोटीको पूर्वीचौकी गाउँपालिकामा कांग्रेसले गर्‍यो 'क्लिन स्विप'

डोटीको पूर्वीचौकी गाउँपालिकामा कांग्रेसले गर्‍यो 'क्लिन स्विप'

डोटी : डोटीको पूर्वीचौकी गाउँपालिकामा नेपाली कांग्रेसले 'क्लिन स्विप' गरेको छ ।

गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षलगायत सातवटै वडाका वडा अध्यक्ष तथा सदस्यमा समेत नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा भने कांग्रेसकै अन्तरघातका कारण पालिकाको नेतृत्व नेपाली कांग्रेसले गुमाएको थियो । त्यतिखेरको निर्वाचनमा सातवटा वडामध्ये नेपाली कांग्रेसले पाँचवटा वडामा जित हात पारेपनि पालिकाको अध्यक्ष र उपाध्यक्षमा हार व्यहोरेको थियो ।

यसपटकको निर्वाचनमा नेपाली कांग्रेसको तर्फका अध्यक्षका उम्मेदवार रामप्रसाद उपाध्याय र उपाध्यक्षका उम्मेदवार पशुपति खड्काले जित हात पारेका हुन् । 

अध्यक्षमा विजयी भएका उपाध्यायले ५१३३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णकुमार खड्काले २२०५ मत ल्याएका छन् । तेस्रोमा नेकपा एकिकृत समाजवादीका देवबहादुर खड्काले २३२ मत ल्याएका छन् ।

त्यसैगरी, उपाध्यक्षमा नेपाली कांग्रेसबाट पशुपति खड्काले ४७२१ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शारखा कुमारी साउदले २४४४ मत ल्याएकी छिन् । उपाध्यक्षको तेस्रोमा आउने नेकपा माओवादीका हरीश कुँवरले २५७ मत ल्याएका छन् ।

७ वटा वडा रहेको पूर्वीचौकी गाउँपालिकाको सबै वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ को वडा अध्यक्षमा अंकबहादुर खड्का (७५३), वडा नम्बर २ को अध्यक्षमा योगेन्द्र ठकुल्ला (४१२), वडा नम्बर ३ को अध्यक्षमा खडक बहादुर धामी (७७७), वडा नम्बर ४ को अध्यक्षमा बल बहादुर खड्का (६७१) विजयी भएका छन् ।

त्यसैगरी, वडा नम्बर ५ को वडा अध्यक्षमा खडकबहादुर साउद (५६१), वडा नम्बर ६ को अध्यक्षमा पुष्पराज जोशी (५१३), र वडा नम्बर ७ को वडा अध्यक्षमा प्रेमबहादुर खड्का (६४५) विजयी भएका हुन् । 

पूर्वीचौकी गाउँपालिकाको सबै वडामा सदस्य समेत नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।

योसँगै डोटीका नौ स्थानीय तहमध्ये पाँच स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । जसमा तीन पालिकामा नेपाली कांगैसले जित हात पारेको छ भने एउटामा नेकपा एमाले र एउटामा नेकपा माओवादीले जित निकालेको छ । 

डोटीको बडीकेदार गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, आदर्श गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ भने जोरायल गाउँपालिकामा नेकपा एमाले र बोगटान फुड्सिल गाउँपालिकामा नेकपा माओवादीले जितेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.