जीतपुरसिमरा र निजगढ प्रमुखमा गठबन्धनको अग्रता

जीतपुरसिमरा र निजगढ प्रमुखमा गठबन्धनको अग्रता

सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन्। हालसम्म मतगणना सम्पन्न भईसकेको १० वटा वडाको मतपरिणाम अनुसार गठबन्धनकोतर्फबाट प्रमुख पदको उम्मेदवार नेकपा माओवादी केन्द्रका राजन पौडेल र उपप्रमुख पदकी उम्मेदवार नेपाली कांग्रेसकी मेघा शाहीले अग्रता कायम राखेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार पौडेलले आठ हजार एक सय ७६ मत प्राप्त गरेका छन् भने गठबन्धनलाई पछ्याउदै गरेको एमालेकी नगर प्रमुख उम्मेदवार सरस्वती देवी चौधरीले पाँच हजार आठ सय ६१ मत प्राप्त गरेकी छिन्। प्रमुख पदमा गठबन्धनले दुई हजार तीन सय १५ को अग्रता लिएको छ।

यसैगरी उपप्रमुखमा कांग्रेसकी मेघा शाहीले सात हजार एक सय ९४ मत प्राप्त गर्दा एमालेको उपप्रमुखका उम्मेदवार भोलाप्रसाद अधिकारीले ६ हजार दुई सय ३४ मत गरेका छन्। उपप्रमुखमा ९ सय ६० ले शाहीले अग्रता लिएकी छिन्।

जीतपुरसिमरामा हालसम्म १० वडाको मतगणना सम्पन्न हुँदा एमालेले ६, कांग्रेसले ३ र नेकपा माओवादी केन्द्रले १ वटा वडामा जित हात पारेको छ। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार अहिले वडा नं. ५, ७ र १९ को मतगणना भईरहेको छ।

यस्तै निजगढ नगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन्। हालसम्म गणना भईसकेको तीन वटा वडाको मतपरिणामअनुसार गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका सुरेश खनालले अग्रता कायम राखेका हुन्।

गणना सम्पन्न भएको वडा नं. ११, १२ र १३ को मतपरिणाम अनुसार प्रमुख पदका उम्मेदवार खनालले दुई हजार दुई सय २२ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सुरथ पुरीले एक हजार नौ सय चार मत प्राप्त गरेका छन्।

उपप्रमुख पदका भने एमालेकी उम्मेदवारले दुई हजार ९ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार दंगालले एक हजार सात सय ९ मत पाएका छन्। उपप्रमुखमा तीन सय मतले अग्र स्थानमा छिन्।

तीन वटा वडाको गणना भईसकेको निजगढमा अहिले वडा नं. ७, ८, ९ र १० को गणना जारी छ। गणना सम्पन्न भएको तीन वटै वडामा कांग्रेसले जीत हात पारेको छ।

वडा नं. ११ मा सहिया गुरो थारु, वडा नं. १२ मा ज्ञानबहादुर गोले र वडा नं. १३ मा सुर्य घलान विजयी भईसकेका छन्। तीन वटै वडामा एमालेलाई दोस्रो स्थानमा राख्दै कांग्रेसका उम्मेदवार विजयी भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.