पुतलीबजार ३ र ४ मा कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी
स्याङ्जा : पुतलीबजार नगरपालिका-३ को अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्रप्रसाद श्रेष्ठ प्यानलसहित निर्वाचित भएका छन्।
आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका अमृतप्रसाद श्रेष्ठले भन्दा निर्वाचित श्रेष्ठले २ सय ६७ मत पढी पाएका छन्। राजेन्द्रले १ हजार ३ सय ७३ मत पाउँदा अमृतले १ हजार १ सय ६ मत पाएका छन्।
यसैगरी खुला सदस्यमा अमिरवक्स मिया, सोमबहादुर कुँवर, महिला सदस्यमा सविता पौडेल र दलित महिला सदस्यमा चन्द्रकला सार्किनी निर्वाचित भएका हुन्।
यस्तै वडा नं. ४ को अध्यक्षमा पनि नेपाली कांग्रेसका शिवबहादुर थापा प्यानलैसहित निर्वाचित भएका छन्। थापाले नेकपा एमालेका रुद्रप्रसाद पोखरेललाई पराजित गरेका हुन्।
महिला सदस्यमा लिलाबती पोख्रेल, दलित महिला सदस्यमा मिना दमै र खुल्ला सदस्यमा पृथ्वीप्रसाद पोखरेल र सुरेन्द्र केसी छन्।
यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा यी दुबै पालिकामा नेकपा एमाले निर्वाचित भएका थिए।