गुल्मीको मदानेमा अध्यक्ष कांग्रेस, उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी
गुल्मी : गुल्मीको मदाने गाउँपालिकामा नेपाली कांग्रेसका महेन्द्रबहादुर कुँवर अध्यक्षमा विजयी भएका छन्। उपाध्यक्षमा नेकपा एमालेका सरिता खड्का निर्वाचित भएकी छन्।
अध्यक्षमा कुँवरले ४ हजार ७ सय ७ मत लिएर विजयी भए। उपाध्यक्षमा खड्काले ४ हजार ५ सय ६५ मत ल्याएकी छन्। अध्यक्षमा प्रतिस्पर्धी नेकपा एमालेका प्रेम केसीले ४ हजार ६ सय ९७ मत लिएका छन्।
उपाध्यक्षमा माओवादी केन्द्रका बेगम चन्द बोहराले ४ हजार २ सय ११ मत लिए। गाउँपालिकामा रहेका ७ वटा वडाहरु मध्ये ५ वटा वडामा नेपाली कांग्रेस र दुई वटा वडामा एमाले विजयी भएको छ। उपाध्यक्षमा खड्का दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्।