इलामको सन्दकपुर गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी

इलामको सन्दकपुर गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी

इलाम : जिल्लाको सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तुलाराम गुरुङ विजयी भएका छन्। उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार उदय राईलाई नौ सय ६५ मत अन्तरलेपछि पार्दै गुरुङ निर्वाचित भएका हुन्।
  
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गुरुङले चार हजार दुई सय २३ मत पाएका छन्। उनका प्रतिष्पर्धी एमालेका उम्मेदवार राईले तीन हजार दुई सय ५८ मत प्राप्त गरेका छन्।  

पराजित राई निर्वतमान गाउँपालिका अध्यक्ष हुन्। एमालेले राईलाई दोस्रो पटक उम्मेदवार बनाएपछि एमालेको एक समूहले असहमती जनाएको थियो।

नेकपा एमाले इलामका जिल्ला सचिव उमेश गुरुङले सन्दकपुर गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारीसमेत दर्ता गराएका थिए। उनलेपछि उम्मेदवारी फिर्ता लिएका थिए। वडा नम्बर १ बाट गत स्थानीय निर्वाचनमा विजयी वडाध्यक्षका उम्मेदवार नन्द कुमार राईलेसमेत एमाले पार्टी परित्यागगरी वडा १ मा स्वतन्त्ररुपमा वडाध्यक्ष पदको उम्मेदवारी दिएका थिए। 

उपाध्यक्ष पदमा गठबन्धन तर्फबाट एकीकृत समाजवादीका हरी लुङ्गेलीले एमालेकी उम्मेदवार तुलसादेवी सेडाईलाई छ सय ५१ मतअन्तरले पराजित गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.