मुस्ताङको ४ पालिकामा एमाले, १ मा कांग्रेस विजयी

मुस्ताङको ४ पालिकामा एमाले, १ मा कांग्रेस विजयी

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा स्थानीय तह सदस्य निर्वाचन २०७९ को सम्पूर्ण मतगणना सम्पन्न भईसकेको छ। मुस्ताङको ५ स्थानीय तहको निर्वाचन मतगणना सकिदाँ जिल्लाको ४ पालिकामा नेकपा एमाले विजयी भएको छ भने एक पालिकामा नेपाली कांग्रेस विजय भएको छ।

बैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा एमालेले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा अध्यक्ष पद जितेको हो। नेपाली कांग्रेसले घरपझोङ गाउँपालिकामा अध्यक्ष पद जितेको हो। यस्तै नेकपा एमालले ५ स्थानीय तहमध्ये लोमान्थाङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका गरी ३ उपाध्यक्ष पदमा विजयी हुँदा नेपाली कांग्रेसले घरपझोङ र थासाङ गाउँपालिकामा उपाध्यक्ष पद जितेको हो। 

जिल्लाको लोमान्थाङ गाउँपालिकामा एमालेका टसी नर्बु गुरुङ ६६८ मत ल्याई विजयी हुँदा कांग्रेसका टसी गुरुङले ५१४ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेकी छ्युमी बिष्टले ६३२ मत ल्याई विजयी हुँदा नेपाली कांग्रेसकी छरिङ ढोका गुरुङले ५२९ मत पाईन्। लोघेकर दामोदरकुण्डमा एमालेका लोप्साङ छोम्फेल बिष्टले ६८९ मत ल्याई विजयी हुँदा उनका प्रतिद्धन्दी नेकपा समाजवादीको देव बहादुर गुरुङले १८५ मत पाए। एमालेकै छिरिङ ल्हामो गुरुङले ६४२ मत प्राप्त गरी उपाध्यक्ष पद जित्दा कांग्रेसकी लक्षमी गुरुङले २२५ मत पाईन्।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमालेका रिङजिङ नामगेल गुरुङले ६६७ मत ल्याई अध्यक्ष पदमा विजयी हुँदा कांग्रेसका आङजेन गुरुङले ५७७ मत पाए। उपाध्यक्ष पदमा एमालेकी दिकी गुरुङले ७४९ मत ल्याई विजयी हुँदा कांग्रेसकी धेव आङ्वो गुरुङले ६७७ मत पाएकी थिईन्।

मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका मोहनसिंह लालचनले ७६० मत प्राप्त गरी विजयी हुँदा एमालेका सञ्जयकुमार थकालीले ७५८ मत ल्याए। उनी २ मतले अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार लालचनसंग पराजित भएका थिए।

यस्तै थासाङ गाउँपालिकामा एमालेका प्रदिप गौचनले ११४४ मत ल्याई अध्यक्ष पदमा विजयी हुँदा कांग्रेसकी बालकुमारी शेरचनले १०५५ मत पाईन्। उपाध्यक्ष पदमा कांग्रेसका सोमल हिराचनले १११२ मत ल्याई विजयी हुँदा एमाले उम्मेदवार सुमिता शेर्पाले १०८० मत पाएकी थिईन्।

१२६ पदमध्ये एमाले ९७ पदमा विजयी
मुस्ताङको ५ स्थानीय तहको कुल १३६ पदमध्ये नेकपा एमालले ९७ पदमा विजयी हुँदा नेपाली कांग्रेसले २४ पदमा विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ। यस्तै राप्रपा २, माओवादी केन्द्र २ र एकीकृत समाजवादीले १ पदमा विजय हासिल गरेको छ।

बदर मत १ दशमलव ६९ प्रतिशत/आशिंक बदर मत २७ दशमलव ९९ प्रतिशत
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत भएको निर्वाचनमा बदर मतसंख्या बढेको छ। स्थानीय तह निर्वाचन २०७४ मा कुल मतदाता संख्या ८७४० हुँदा १ दशमलव १५ प्रतिशत मत बदर भएको भएकोमा यसपटक बदर मत संख्या बढेर १ दशमलव ६९ प्रतिशत पुगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समिर थापाले जानकारी दिए।

स्थानीय तह निर्वाचन २०७९ मा मुस्ताङको कुल मतदाता १०८८५ रहेकोमा ७२ दशमलव ०७ प्रतिशत मतदान भएको थियो। स्थानीय तह निर्वाचनमा १०१ मत बदर भएकोमा यसपटक १२८ मत बदर भएको उनले जानकारी दिए।

लोमान्थाङमा ८,लोघेकर दामोदरकुण्डमा ६०,घरपझोङमा ५२ र थासाङ गाउँपालिकामा ८ मत पूर्णरुपमा बदर भएको थियो। तर वारागुङ मुक्तिक्षेत्रमा पूर्ण बदर मतको संख्या शून्य छ।

स्थानीय तह सदस्य निर्वाचनमा हिमाली जिल्ला मुस्ताङको ३८ मतदान केन्द्रमा कुल खसेको मतको २७ दशमवल ९९ प्रतिशत आशिंक बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जसअनुसार लोमान्थाङमा ५०४ ,लोघेकर दामोदरकुण्डमा ४५,वारागुङ मुक्तिक्षेत्रमा ५७२ ,थासाङमा ६३५ र घरपझोङ गाउँपालिकामा ३६१ गरी कुल ३११७ मत आशिंक रुपमा बदर भएको सूचना अधिकारी थापाले बताए। उनले कुल खसेको मतको एक चौथाई मत आशिंक बदर भएको जनाए।

निर्वाचन कार्यालयका सूचना अधिकारी थापाले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा प्रभावकारी ढंगले निर्वाचन आयोगले मतदाता शिक्षा उपलब्ध गराउन नसक्दा बदर र आशिंक बदर मत संख्या बढेको दावी गरे। छोटो समयमा मतदातालाई मताधिकार कसरी प्रयोग गर्ने भन्ने बुझाउन नसक्दा मतसंख्या बढेको उनको भनाई छ।

यस्तै निर्वाचनमा भाग लिएका राजनितिक दल र तिनका उम्मेदवारहरुले पनि मतदातालाई मत खसाल्ने विधि र प्रक्रियाको बारेमा जानकारी दिन नसक्दा पनि मुस्ताङमा आशिंक बदर मतको प्रतिशत ह्वात्तै बढेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.