वीरगन्जमा गठबन्धनको दोब्बर अग्रता, एमालेका सरावगी २८२७ मतले पछि

वीरगन्जमा गठबन्धनको दोब्बर अग्रता, एमालेका सरावगी २८२७ मतले पछि

वीरगन्ज : मधेस प्रदेशको एक मात्र वीरगन्ज महानगरको मेयरमा गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान सिंहले सुरुदेखि नै कायम राखेको फराकिलो अग्रता दोब्बरभन्दा बढी पुगेको छ।

सोमबार बेलुकी ६ बजे निर्वाचन कार्यालयले उपलब्ध गराएको आधिकारीक विवरण अनुसार १०४८१  मतको गणना हुँदा मेयर पदमा सिंह ५१३३  मतका साथ अग्रस्थानमा छन्। उनलाई एमालेका उम्मेदवार विजय कुमार सरावगीले २३०६ मतका साथ पछ्याइरहेका छन्।

मेयरमै राप्रपाका गिरिश गिरीले १५० मत पाएका छन्। यस्तै उपमेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार इम्तियाज आलमले ३०१० मतका साथ अग्रता कायम राखेका छन्।

लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले भने ४८९ मत पाएका छन्। उपमेयरमै स्वतन्त्र उम्मेदवार रम्भा मिश्रा भने २०७ मतका साथ तेश्रो स्थानमा छिन्। स्वतन्त्र उपमेयर उम्मेदवार रम्भा मिश्राले  ३१२मत पाएकि छन्।

३२ वडा रहेको वीरगन्ज महानगरपालिकामा शुक्रबार भएको मतदानमा ७३ प्रतिशत अर्थात ९४ हजार ६ सय मत खसेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.