मुस्ताङका पालिका अध्यक्षले लिए पद तथा गोपनीयता शपथ

मुस्ताङका पालिका अध्यक्षले लिए पद तथा गोपनीयता शपथ

जोमसोम : स्थानीय तह निर्वाचनमा विजयी भएका मुस्ताङका ५ वटै पालिकाका नवनिर्वाचित अध्यक्षहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

जिल्ला समन्वय समितिको सभाहलमा मुख्य निर्वाचन अधिकृत एवं जिल्लाका न्यायाधिश रोमाकान्त ज्ञवालीले ५ वटै पालिकाका अध्यक्षहरुलाई पथ तथा गोपनीयताको शपथ ग्रहण गराएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ।

मुस्ताङको लोमान्थाङ गाउँपालिकाबाट टसी नर्बु गुरुङ, लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट लोप्साङ छोम्फेल बिष्ट, वारागुङ मुक्तिक्षेत्रबाट रिङजिङ नामगेल गुरुङ,घरपझोङ गाउँपालिकाबाट मोहनसिंह लालचन र थासाङ गाउँपालिकाबाट प्रदिप गौचनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको जिल्ला निर्वाचन अधिकारी मदन अर्यालयले जानकारी दिए।

शपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत न्यायाधिश रोमाकान्त ज्ञवालीले ५ वटै पालिकाका नवनिर्वाचित अध्यक्षहरुलाई खादा लगाएर बधाई ज्ञापन गरे। सो अवसरमा उनले जनताले दिएको अभिमतको उच्चकदर गर्दै आगामी ५ वर्षीय कार्यकाल सफल र फलदायी हुने विश्वाश व्यक्त गरे। यस्तै ५ वटै नवनिर्वाचित अध्यक्षहरुलाई जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख राजेन्द्र शेरचनले अविर र खादा लगाएर शुभकामना व्यक्त गरे।

शपथ ग्रहण कार्यक्रममा नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाका जिल्ला नेताहरुको उपस्थिती रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.