सल्यानको कपुरकोटमा एकीकृत समाजवादीका दुर्गाबहादुर पुन विजयी
दाङ : सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका दुर्गाबहादुर पुन विजयी भएका छन् । गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पुनले २२४ मतले एमालेका भिमबहादुर सेनलाईपछि पार्दै विजयी भएका हुन् ।
पुनले ३१६० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी एमालेका सेनले अध्यक्ष पदमा २९३६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारीले ३२४० मत प्राप्त गरेर उपाध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भिमा बुढाथोकीले २७४५ मत प्राप्त गरे।
यसैगरी, कांग्रेसको तर्फबाट विष्णुप्रसाद शर्माले अध्यक्ष पदमा १५७२ र ओकी महताराले उपाध्यक्ष पदमा १५३९ मत प्राप्त गरे। राष्ट्रिय जनमोर्चाका तुलसीराम योगीले २७ मत प्राप्त गरे।
कपुरकोट गाउँपालिकामा समाजवादी र माओदीबीच गठबन्धन भएको थियो।