ताप्लेजुङमा मतगणना सकियोः ६ पालिकामा गठबन्धन विजयी

ताप्लेजुङमा मतगणना सकियोः ६ पालिकामा गठबन्धन विजयी

ताप्लेजुङ :  ताप्लेजुङका ६ स्थानीय तहमा गठबन्धनले जितेको छ ।

९ स्थानीय तह रहेको यहाँ गठबन्धन तर्फबाट नेपाली कांग्रेसले एक नगरपालिकासहित चार स्थानीय तहमा जित हात पार्यो भने माओवादी दुईवटा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भयो ।

एमालेले तीन स्थानीय तहको प्रमुख जितेको छ । जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकामा नेपाली कांग्रेसका अमिर मादेनले नेकपा एमालेका छत्रपति प्याकुरेललाई २ हजार २ सय ८६ मतको अन्तरले पराजित गरे । 

नगरप्रमुखमा निर्वाचित मादेनले ६ हजार १ सय ७९ मत ल्याए । उनका निटकतम् प्रतिस्पर्धी निवर्तनमान नगरप्रमुख समेत रहेका एमाले उम्मेदवार छत्रपति प्याकुरेल ३ हजार हजार ८ सय ९२ मत प्राप्त गरे । उपप्रमुखमा एमाले उम्मेदवार भीमादेवी ओझा ४ हजार २ सय ७७ मत ल्याएर विजयी भएकी छन् । 

माओवादी केन्द्रका उम्मेदवार निवर्तमान नगर उपप्रमुख बमबहादुर भट्टराईले ३ हजार ८ सय ४४ मत ल्याए । फुङलिङ नगरपालिकामा यसअघिका प्रमुख र उपप्रमुख दुबै पराजित भए ।

यसैबीच पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमालले जितेको छ । अध्यक्षमा गठबन्धनका रामकुमार थेबेलाई २४ मतान्तरले पराजित गर्दै एमालेका केशरकुमार सुब्बाले जितेका हुन् । सुब्बाले २ हजार ८ सय ९८ प्राप्त गर्दा थेबेले २ हजार ८ सय ७४ प्राप्त गरे । 

उपाध्यक्षमा एमालेकै रनमाया गुरुङः सर्वाधिक ३ हजार १ सय ८६ मत प्राप्त गर्दै १ हजार ३ सय ९५ मतले माओवादीका कुमार लिम्बूलाई पराजित गरिन् । कुमारले १ हजार ७ सय ९१ मत प्राप्त गरेका थिए ।

यता आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दिपेन्द्र पोमु निर्वाचित भएका छन् । पोमु ३ हजार ३६ मत ल्याएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी विश्वनाथ सिटौलाले २ हजार ५२६ मत ल्याए । उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार शान्ताकुमारी आङबुहाङ २ हजार ८१९ मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रजिन हाङवाङले २४१२ मत ल्याए ।

यस्तै, सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मानबहादुर राई विजयी भएका छन् । राई ३ हजार ८५ मतका साथ अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्दी २ हजार ३ सय ८२ मत ल्याए । उनीहरु बीच ७ सय ३ मतको मत अन्तर रहेको छ । सिदिङ्वा गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनतर्फ माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरिया(बन्दना) १ मतान्तरले विजयी भएकी छन् । 

कडरियाले २ हजार ३ सय ७६ र स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङले २ हजार ३ सय ७५ मत ल्याए । माओवादी केन्द्रबाट अघिल्लो पटक सोहि पालिकाको उपाध्यक्षमा निर्वाचित भएका ताम्लिङ यसपटक स्वतन्त्र रुपमा उम्मेदवार बनेका थिए ।

उता सिरिजङ्गा गाउँपालिका अध्यक्षमा कांग्रेसका लालकृष्ण चौहान विजयी भएका छन् । एमालेका सन्तोष चाम्लिङलाई ६८ मतले पराजित गरे । चौहानले ३ हजार ३ सय ४३ मत पाए भने चाम्लिङले ३ हजार २ सय ७५ मत पाए । उपाध्यक्षमा माओवादी केन्द्रका डाक्टर चित्र मावो निर्वाचित भए । उनले एमालेकी तुलसा बस्नेतलाइ १ हजार १ सय २१ मतले पराजित गरे । मावोले ३ हजार ५ सय ४६ मत ल्याउँदा बस्नतेले २ हजार ४ सय २५ मत ल्याइन् ।

यसैगरी, मिक्वाखोला गाउँपालिकामा नेपाली कांग्रेसका भक्तबहादुर कार्की २ हजार २३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिवश लिम्बूलाई ५९ मतले पछि पार्दै निर्वाचित भएका हुन् । लिम्बूले १ हजार ९ सय ६४ मत प्राप्त गरे । यस्तै पालिकाको उपाध्यक्ष तर्फ गठबन्धनकै नेकपा माओवादी केन्द्रका डण्डु शेर्पा विजयी भए । शेर्पाले २ हजार १ सय ७४ मत प्राप्त गर्दै उनका प्रतिस्पर्धी एमालेकी मिनाकुमारी केदेमले १ हजार ७ सय ४३ मत प्राप्त गरिन् ।

उता मैवाखोला गाउँपालिकामा माओवादी केन्द्रका विजय प्रकाश वनेम निर्वाचित भएका छन् । २ हजार ६ सय ९ मत प्राप्त गर्दै वनेम विजयी भएका हुन् । एमाले किल्ला भनिदैं आएको मैवाखोलामा यसपटक गठबन्धनले किल्ला भत्काएको छ । वनेमले निवर्तनमान गाउँपालिका अध्यक्ष राजन थत्लुङलाइ पराजित गरे । थत्लुङले २ हजार ५२ मत ल्याए । उपाध्यक्षमा गठबन्धनतर्फ नेपाली कांग्रेसकी कमल कुमारी लिम्बू निर्वाचित भइन् । उनले २ हजार ५ सय ४१ मत प्राप्त गरिन । जहाँ निवर्तनमान उपाध्यक्ष कौशिला थत्लुङलाइ २ हजार १ सय १ मत ल्याइन् । 

मैवाखोला गाउँपालिका एमाले सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईको गृह गाउँ हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ३२ सदस्यीय गाउँसभा रहने यो गाउँपालिकाबाट अध्यक्ष,उपाध्यक्ष सहित ३२ मध्ये ३१ सभा सदस्य एमालेबाट निर्वाचित भएका थिए । यसपटक भने मैवाखोलाको ६ नम्बर वडा मात्रै जित्यो ।

मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसका गठबन्धनका उम्मेदवार युक हां विर हांगाम डम्बरले २ हजार ८ सय ६९ मतसहित अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका केदारजंग लिम्बूले २ हजार ७ सय ७० मत ल्याएका छन् । 

उपाध्यक्षमा एकीकृत समाजवादीका दुर्गाप्रसाद श्रेङचोङ्गवाङ २ हजार ५ सय ९८ मत ल्याएर निर्वाचित भए । उनलाई एमालेको समर्थन रहेका स्वतन्त्र उम्मेदवार दावाछिरिङ शेर्पाले चुनौती दिएका थिए । शेर्पा १ हजार ६सय ५७ मत मात्रै प्राप्त गरे । त्यहाँ अध्यक्ष काँग्रेस र उपाध्यक्ष नेकपा एसले पाउने सहमति थियो ।

उता फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बू (मुक्ति) निर्वाचित भएका छन् । लिम्बू २ हजार ६ सय ६० मत ल्याएर निर्वाचित भएका हुन् । उनले निवर्तनमान पालिका अध्यक्ष समेत रहेका नेकपा (एमाले) उम्मेदवार सरोज लिम्बूलाई ३ सय ४८ मतान्तरले पराजित गरे । सरोजले २ हजार ३ सय १२ मत ल्याएका छन्  । 

उपाध्यक्षमा भने नेपाली कांग्रेसका रविन साम्रा लिम्बू निर्वाचित भएका छन् । उनले २ हजार ३ सय ५८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेकी शान्ति माया लिम्बू (पौडेल) ले २ हजार २ सय १२ मत ल्याइन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.