धरान उपमहानगरपालिका ६ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार भुपेन्द्र भट्टराई निर्वाचित
धरान : धरान उपमहानगरपालिकाको वडा नम्बर ६ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार भुपेन्द्र भट्टराई निर्वाचित भएका छन् ।
उनले एमालेका हरि राईलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
भट्टराईले १८२० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राइले १३२८ मत प्राप्त गरी उपविजेता बनेका छन् ।
गत २०७४ सालको निर्वाचनमा कांग्रेसबाट वडाअध्यक्षमा एमालेका भुवन बस्नेतसँग पराजित भएका भट्टराई कांग्रेस प्रदेश प्रतिनिधि हुन् ।
एमाले र कांग्रेसले कमजोर उम्मेदवार उठाएपछि भट्टराई स्वतन्त्रबाट चुनाव लडेका थिए ।
वडा सदस्यमा भने चारैजना एमाले उम्मेदवार निर्वाचित भएका छ्न् । एमालेका यशोदा लामिछाने, देवीमाया विश्वकर्मा, नरायण निरौला र राजेन्द्र न्यौपाने निर्वाचित भएका छन् ।