शारदा नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

शारदा नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

दाङ : सल्यानको शारदा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका प्रकाश भण्डारी विजयी भएका छ्न्। उनी १२ सय ८० मतको फराकिलो मतान्तरसहित विजयी भएका हुन्। भणडारीले ६ हजार २ सय १७ मत प्राप्त गरेका छ्न्।

उपप्रमुखमा कांग्रेसकै सुस्मिता सापकोटा सुनार विजयी भएकी छ्न्। उनले ५ हजार ३ सय ८०  मत प्राप्त गरेकी छ्न्।

प्रमुखमा नेकपा एमालेका मनोज प्रधानले ४ हजार ९ सय ३७ मत प्राप्त गरी दोश्रो र माओवादी केन्द्रका प्रमोद श्रेष्ठले ३ हजार ९ सय ४४ मत प्राप्त गरी तेश्रो भएका छ्न्। प्रधान र श्रेष्ठ दुबैजना गत स्थानीय तह सदस्य निर्वाचनमा मेयर पदमा पराजित भएका थिए।

उपप्रमुखमा एकीकृत समाजवादी रमेशकुमार गौतमले ४ हजार ९५ मत ल्याउँदा नेकपा एमालेका जालना भण्डँरीले ४ हजार ५ सय २२  मत प्राप्त गरेकी छ्न्। गौतम नेपाल पत्रकार महासंघ सल्यानका पूर्वअध्यक्ष समेत हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.