दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी
दाङ : दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा बुढाथोकी निर्वाचित भएकी छ्न्।
बस्नेतले ५ हजार ७ सय १६ मत प्राप्त गरि विजयी भएका हुन्। बस्नेत ५ हजार ७ सय १६ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेका विष्णु केसीले ४ हजार ५ सय २४ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका मोहनलाल ओलीले २ हजार ७ सय ९४, एकीकृत समाजवादीका ऋषिराज आचार्यले २५, राप्रपा का टंकराज पौडेलले १०८ प्राप्त गरेका छन्।
अध्यक्षमा बस्नेतले केसीलाई १ हजार १ सय ९२ मतान्तरले पराजित गरेका हुन्। त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी प्रेमा बुढाथोकीले ५ हजार ७ सय ५० मत प्राप्त गरी निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी एमालेकी कमला भण्डारीले ४ हजार २८ मत, राधिका परियारले ३ हजार ८३ मत प्राप्त गर्दा एकीकृत समाजवादीकी लता बस्नेतले २८ मत प्राप्त गरेकी थिइन्।