भरतपुरमा सुवेदीभन्दा रेणु २४६ मतले अगाडि
![भरतपुरमा सुवेदीभन्दा रेणु २४६ मतले अगाडि](https://annapurnapost.prixacdn.net/media/albums/bharatpur_20220514185045_80fUSKBNLZ.jpg)
चितवन : भरतपुर महानगरपालिकामा प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छिन्। पछिल्लो मतपरिणाम अनुसार जम्मा २००८८ मत गणना हुँदा दाहाल ३ सय ११ मतले अगाडि छिन्। दाहालले ६७९४ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले ६५४८ मत प्राप्त गरेका छन्। स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले ३३०९ मत प्राप्त गरेका छन्।
त्यस्तै, उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ८२४८ मत ल्याउँदा राप्रपाकी उम्मेदवार हिमला गुरुङले ५३८८ मत प्राप्त गरेकी छिन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)