कञ्चनपुरको बेलौरीमा माओवादीका चौधरी दोहोरिए
महेन्द्रनगर : कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी विजयी भएका छन्। २०७४ सालमा मेयरमा निर्वाचिन चौधरी यसपटक पनि मेयरमा निर्वाचित भएका हुन्।
चौधरीले एमालेकी उम्मेदवार कमल बोहरालाई २ हजार ७४० मतको अन्तरले हराउँदै नगरको मेयरमा पुन निर्वाचित भएका छन्। चौधरीले ८ हजार ७८७ मत ल्याउँदा बोहराले ६ हजार ४७ मत प्राप्त गरेका छन्।
कांग्रेसका हरेन्द्र विष्टले ५ हजार ३२४ मत ल्याएर तेस्रो स्थानमा छन्। नगर उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार जोगरा चौधरी ७ हजार ५८३ मतसहित निर्वाचित भएका छन्। २९ हजार ३७७ मतदातामध्ये २३ हजार १२४ मत खसेका थियो।