यस्तो छ भरतपुरको नयाँ मत परिणाम
भरतपुर : भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तरण बढाएकी छन्। पछिल्लो मतपरिणामअनुसार दाहालले ७३५१ मत पाएकी छन्।
एमालेका उम्मेदवार विजय सुवेदीले ७०२८ मत ल्याएका छन्। दाहाल सुवेदीभन्दा ३२३ मतले अघि छिन्।
त्यस्तै नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३५६२ मत ल्याएका छन्। पछिल्लो समय उनले मतान्तर घटाउँदै लगेका छन्।
त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ८९०६ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ५८०३ मत पाएकी छन्।