छत्रेश्वरी गाउँपालिकामा एमाले विजयी

छत्रेश्वरी गाउँपालिकामा एमाले विजयी

दाङ : छत्रेश्वरी गाउँपालिकामा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्ष पदमा एमालेका ओजबहादुर बुढाथोकी र उपाध्यक्षमा एमालेकै बुद्धाकुमारी खत्री विजयी भएका हुन्। अध्यक्ष बुढाथोकीले ३ हजार ८ सय ९२ मत लिए भने निकटतम प्रतिद्वन्द्वीहरु नेपाली कांग्रेसका केशबहादुर विष्टले २ हजार ६ सय २३ र माओवादी केन्द्रका प्रेम खडकाले २ हजार ५ सय ९ मत पाएका हुन्।

उपाध्यक्षमा विजयी भएकी खत्रीले ३ हजार ३ सय ८२ मत पाइन् भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकी सीता गिरीले ३ हजार ४७ र नेकपा समाजवादीका राजबहादुर बुढाथोकीले १ हजार ९ सय ८८ मत पाए।

गाउँपालिका नेपाली कांग्रेस जिल्ला सभापति र उपसभापतिहरुको पालिका हो। कांग्रेसबाट अध्यक्षमा उम्मेदवार बिष्ट नेपाली कांग्रेस सल्यानका सभापति हुन्। जिल्ला समन्वय समितिको प्रमुखबाट राजीनामा दिएर अध्यक्ष उठेका थिए । उपसभापति सन्तोष केसी र चक्र बहादुर देवकोटा हुन्। केसी २०७४ स्थानीय तहको निर्वाचनबाट गाउँपालिका अध्यक्ष भएका थिए। पार्टीको जिल्लास्तरका प्रमुख नेतृत्वमा रहेको यस पालिकामा कांग्रेसले हार बेहोर्नु परेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.