भरतपुर महानगरपालिकामा रेणुले बढाइन् मतान्तर, पछाडि परे विजय
![भरतपुर महानगरपालिकामा रेणुले बढाइन् मतान्तर, पछाडि परे विजय](https://annapurnapost.prixacdn.net/media/albums/chitawan-meyar-candidate_20220507110003_WfkFUXnTZN.jpg)
चितवन : भरतपुर महानगरपालिकाको सत्तारुढ गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले फराकिलो मतान्तरले अगाडि बढेकी छन्। बुधबार बिहान २६ हजार २५८ मत गणना हुँदा रेणुले ९ हजार ४४७ मत प्राप्त गरेकी छन्। एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार ५४ मत प्राप्त गरेका छन्।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार २६५ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार २६५ र राप्रपाका हिमला गुरुङले ६ हजार ५७७ मत प्राप्त गरेकी छन्।
भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)