धरानमा कांग्रेसका किशोरलाई स्वतन्त्रका हर्कको कडा चुनौती

धरानमा कांग्रेसका किशोरलाई स्वतन्त्रका हर्कको कडा चुनौती

धरान : धरान उपमहानगरपालिकाको मतगणनामा गठबन्धनको तर्फबाट मेयरका प्रत्यासी कांग्रेसका किशोर राईलाई स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले कडा चुनौति दिएका छन्।  यधपि गठबन्दका उमेद्वारले झिनो मतले अग्रता कायमै राखेका छन्। गठबन्दनको तर्फबाट मेयरका प्रत्यासी कांग्रेसका किशोर राईले ७७१७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन्। 

भ्रष्ट्रचार विरुद्धका सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ७४६१ मत प्राप्त गरी कांग्रेसका राईलाई कडा चुनौति दिरहेका छन्।  एमालेकी मेयरकी प्रत्यासी भण्डारीले ६४२५ मत प्राप्त गरी कांग्रेसका राईलाई पछ्याइरहेको सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले जानकारी दिएका छन्। 

उपमेयरमा गठबन्दनको तर्फबाट माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ८६७० मत प्राप्त गरी अग्रता कायमै राखेका छन्। एमालेका पदम इस्वोले ८३२४ मत प्राप्त गरी बेघालाई पछ्इरहेका छन्। 

धरानमा गठबन्धनका किशोर राई र एमालेकी मञ्जु भण्डारीको पकड रहेको क्षेत्रमा समेत साम्पाङले राम्रो मत ल्याएका छन्।  एमाले र कांग्रेसका वडाअध्यक्षका उमेद्वारले प्यानलसहित विजयीहासिल गर्दा हर्कले उनीहरुको भन्दा बढी मत प्राप्त गरेपश्चात् धरानको चुनावी नजिता अप्रत्यासित आउने अनुमान गरिएको छ। धरानमा २६ हजार ८६३ मत गणना गरिएको खतिवडाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.