धरान उपमहानगरपालिकाको १० मा एमालेका विवेक राईको प्यानल विजयी
धरान : धरान उपमहानगरपालिका वडा नम्बर १० को अध्यक्षमा एमालेका विवेक राईसहितको प्यानल निर्वाचित भएको छ ।
उनले कांग्रेसकी रुपा राईलाई पराजित गर्दै विवेकको प्यानल निर्वाचित भएको हो ।
निर्वाचित विवेकले ९२४ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी रुपाले ५६७ मत प्राप्त गरिन् ।
वडासदस्यमा कृष्णबहादुर राई, फुर्दिकी शेर्पा, अरुना सुन्दास र समसेर बर्देवा निर्वाचित भएका छन् ।
वडाअध्यक्षमा एमाले निर्वाचित हुँदा एमालेकी मेयरकी प्रत्यासी मन्जु भण्डारीले भने ४१७ मत प्राप्त गरेकी छिन्।
धरानमा झिनु मतले कांग्रेसका किशोर राईले अग्रता लिएका छन् । किशोरलाई स्वतन्त्रका हर्क साम्पाङ्ले कडा चुनौती दिइरहेका छन् ।
मेयरका प्रत्यासी कांग्रेसका किशोरले ७८९० मत प्राप्त गरेका छन् । स्वतन्त्रका हर्कले ७८२२ मत पाएका छन् ।
एमालेकी मन्जु भण्डारीले ६५१९ मत प्राप्त गरेकी छन्।