भरतपुरमा रेणु दाहाल १८५२ मतले अगाडि
![भरतपुरमा रेणु दाहाल १८५२ मतले अगाडि](https://annapurnapost.prixacdn.net/media/albums/renu-dahal-bharatpur-mayor-1_20190701044017_DGigZIaylc.jpg)
चितवन : भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले १ हजार ८५२ मतले अग्रता लिएकी छन्।
२८ हजार ६४३ मतगणना गर्दा रेणुले १० हजार ४४९ मत प्राप्त गरेकी छन्। प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ८ हजार ५९७ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत प्राप्त गरेका छन्।
उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले १२ हजार ४९६ मत प्राप्त गरेका छन्। राप्रपाकी हिमला गुरुङले ६ हजार ९९२ मत पाएकी छन्।
अहिले वडा ७ को १२०० मत गणना भएको छ। वडाध्यक्षमा एकीकृत समाजवादीले ४९३ मत र एमालेले ४०० मत पाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)