धरानमा मतगणना स्थगित
धरान : धरान उपमहानगरपालिका मतगणना स्थगित भएको छ।
वडा नम्बर २० मा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि मतगणना हुन बाँकी रहेका सबै ठाउँको मतगणना स्थगित भएको हो।
माओवादी केन्द्रले विरोध जनाएको छ । माओवादी कार्यकर्ताहरुले मतदान अधिकृतको विरोध गर्दै मतगणनास्थल पब्लिक स्कुलमा तोडफोड गरेका छन् ।
१८ वटा मत पत्रमा मतदान अधिकृतको हस्ताक्षर नगरेको भेटाएपछि उक्त मतपत्र सदर गर्नुपर्ने माग राखेर माओवादीले आन्दोलन थालेको हो ।
अहिले माओवादीले मतगणनास्थलमा नाराबाजी गरिरहेको छ ।
माओवादीले उक्तमत पत्र सदर नगरे धरान २० मा पुन मतदान गर्न माग गरेको छ ।
केन्द्रका धरान सह इन्चार्ज सुदर्शन श्रेष्ठले निर्वाचनमा खटिएका कर्मचारीले चरम लापरबाही गरेकाले आन्दोलन गर्नुपरेको बताए ।
उनले १८ वटा मतपत्र सदर नगरिए पुन मतादानको व्यवस्था हुनुपर्ने बताए ।