चौदण्डिगढीको उपमेयरमा एमालेकी उम्मेदवार विजयी

चौदण्डिगढीको उपमेयरमा एमालेकी उम्मेदवार विजयी

उदयपुर : उदयपुरको चौदण्डिगढी नगरपालिकामा मतगणना गर्न बाँकी छँदै उपमेयरमा मणिकदेवी दुलाल विजयी भएकी छिन्। मतगणना गर्न बाँकी मतभन्दा प्रतिस्पर्धिसँगको मतान्तर धेरै भएपछि दुलाल विजयी भएकी हुन्।

नेकपा एमालेबाट उपमेयरको उम्मेदवार बनेका दुलालले ८ हजार ९११ मत प्राप्त गरेकी छिन्। उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी रिताकुमारी चौधरीले ७ हजार २२७ मत प्राप्त गरेकी छिन्।
 

१ हजार ५०९ मत गणना गर्न बाँकी छँदा दुलाल १ हजार ६८४ मतान्तरले अघि छिन्। त्यसैगरी नेकपा एमालेबाट मेयर पदको उमेदवार बनेका कालुमान लामा पनि जितको नजिक पुगेका छन्। लामाले प्रतिस्पर्धी खगेन्द्र राईलाई ८१२ मतले पछि पारेका छन्।

लामाले ८ हजार ३१३ मत प्राप्त गरेका छन् भने राईले ७ हजार ५०१ मत प्राप्त गरेका छन्। कांग्रेसका मेयर र उमपेयर पदका दुबै उम्मेदवार यसअघि २०७४ को निर्वाचनका मेयर र उपमेयरका निर्वाचित जनप्रतिनिधि हुन्। 

मतगणनाको आधिकारिक अन्तिम नतिजा आउन भने बाँकी नै छ। वडानं ९ र १० को मतगणना कार्य सकिन लाग्दा यो नतिजा सार्वजानिक भएको हो। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार बुधबार बेलुकासम्म नतिजा आईसक्ने छ।

चौदण्डिमा गठबन्धन नेकपा (एस)बाट मेयर पदका उमेदवार नरेन्द्रकुमार राउतले ४ हजार १३५ र उपमेयरमा नेकपा माओबादी केन्द्रकी हिरा थापाले ३ हजार ४३८ मत प्राप्त गरेकी छिन्। 

१० वटा वडा रहेको चौदण्डिमा हालसम्म ८ वटा गणना भैसकेको छ। बाँकी रहेका २ वटाको अन्तिम नतिजा आउनेक्रममा रहेको छ। गणना भैसकेकामध्ये ६ वटामा एमाले र २ वटामा कांग्रेस विजयी भएको छ। यसअघि चौदण्डिगढीमा नेकपा एमालेले एक मात्र वडा वडानं ९ मा जित निकालेको थियो। 

निर्वाचित भएका वडाध्यक्षहरुमा वडानं १,२,४,५,७,८ मा क्रमश एमालेका सिताराम राई, हरि खड्का, लुङ्गराज राई, तुलसी ढकाल, केशव अधिकारी र भवनाथ मगर रहेका छन्। त्यसैगरी वडानं ३ र ६ मा कांग्रेसका पर्शुराम राई र अम्बरबहादुर खड्का रहेका छन्।

३९ हजार ३४१ कुलमतदाता रहेको चौदण्डिगढीमा २५ हजार ३५० मत खसेको थियो। त्यसमध्ये २३ हजार ८४१ मतगणना सम्पन्न भएको छ। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयर पदमा १ हजार ४१२ र उपमेयर पदमा १ हजार ४४४ मत वदर भएको छ। 

कटारीमा एमालेले खाता खोल्यो

उदयपुरकै कटारी नगरपालिकामा एमालेले खाता खोलेको छ। मंगलबार बेलुकाबाट सुरु भएको मतगणनाको पहिलोचरणमा वडानं १३ र १४ मा एमालेले वडाध्यक्ष जित निकालेको हो। 

वडा नं. १३ को वडाध्यक्षमा एमालेका उम्मेदवार शम्भु श्रेष्ठ र वडा नं. १४ को वडाध्यक्ष पदमामा एमालेकै अमर मगर विजयी भएका हुन्। श्रेष्ठले ४८९ मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी गठबन्धन नेकपा माओवादीका विवेक श्रेष्ठलाई ८४ मतान्तरले पराजित गरे। विबेकले ४०५ मत प्राप्त गरेका थिए। 

यसैगरी वडा नं. १४ मा मगरले ५७२ मत प्राप्त गरी विजयी भएका छन्। मगरले प्रतिस्पर्धी गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार ठाकुर मगरलाई २२ मतले पराजित गरे। ठाकुरले ५५१ मत प्राप्त गरेका छन्।

त्रियुगा नगरपालिकाको मतगणना कार्यमा अझै अन्योलता 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जेठ ५ गते भित्र सबै स्थानीय तहका मतपरिणाम आईसक्ने बताईरहँदा उदयपुरको एक नगरपालिकामा भने अहिलेसम्म मतगणना कार्य नै सुरु हुन सकेको छैन्।
 
आयोगले तोकेको समयसिमा सकिन एक दिन बाँकी छँदा सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकाको गणना कार्य नै सुरु हुन सकेको छैन्। निर्वाचनको प्रकृया अघि बढ्न नसक्नु आयोगकै लापरवाही भएको दलहरुको बुझाई छ।

बैशाख ३० वडानं १२ को जनप्रेमी आधारभूत विद्यालयमा मतदान प्रकृया जारी रहँदा अकस्मात ४:३० बजे मतदान गर्ने विषयमा विवाद सृजना भएपछि मतदान कार्य स्थगित भएको थियो। भारी वर्षातकाकारण मतपत्र र मतपेटिका सुरक्षित गर्नेक्रममा मत खसाल्न लाईनमा लागेका केही मतदाताले मत लगाउन नपाएपछि विवाद सृजना भएको हो।
 
बिवाद समाधानका लागि मुख्यनिर्वाचन अधिकृत दिपक खनालसहितको टोली मतदान स्थलमा पुगेपनि समाधान हुन नसकेपछि मतदान अधिकृतले बाँकी पकृया स्थगन गरेको सूचना टाँस गरेका थिए। सूचनामा असहज परिस्थितिका कारण स्थगित गर्नु परेको बताइएको छ।

५३ प्रतिशत मत झरिसकेकाले गणना कार्यलाई सूचारु गर्नुपर्ने नेकपा एमाले र नेपाली कांग्रेसले माग अघि सारेका छन्। दुई दलको समर्थनमा नेकपा माओवादीको एक समूहले समर्थन जनाएको छ। उता माओवादी केन्द्र र नेकपा एस पार्टीले भने पुनः मतदान गर्नुपर्ने माग राखेको छ। 

दलहरु विच विवाद चलिरहँदा घटनाको विस्तृत विवरणसहित बाँकी कार्यभार कसरी अघि बढाउने भन्ने बिषयमा निर्णयका लागि मुख्यनिर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई अनुरोध गरेको थियो। आयोगले अवश्था विष्लेषण गरी निणर्य गर्ने अधिकारको अख्तियारी पुनः मुख्य निर्वाचन अधिकृतलाई सुम्पेको थियो। 

आयोगको पत्रसँगै सर्वदलिय बैठकमा जुटेका मुख्यनिर्वाचन अधिकृतको स्वास्थ्यमा अकास्मात समस्या आएको भन्दै आयोगलाई राजिनामा बुझाएपछि वडा नं १२ प्रकृया थप पेचिलो बन्दै गएको छ। शनिबार राजीनामा बुझाएका खनालको चार दिन पछि मंगलबार स्वीकृत र उक्त स्थानमा जिल्ला न्यायाधिश उत्तम सिलुवाललाई आयोगले नियुक्त गरेकोछ।

सिलुवालले बुधबार कार्यभार समालेका छन्। तर वडा नं १२ को हकमा कुनै निर्णय गरिसकेका छैनन्। स्वतन्त्र नागरिक निर्वाचन भन्दा पनि मतगणनालाई नै प्राथामिकता दिनु पर्ने माग अघि सारेका छन्। पुनः मतदान हुँदा सबै नेता कार्यकर्ता वडा नं १२ मा केन्द्रित हुने र आचारसंहिता विपरित भोजभतेर गर्ने, पैसा बाँडने, झडप हुने सम्भावना देखिएकाले गणना कार्यलाई नै प्राथामिकता दिनु पर्ने स्थानीय युवराज पराजुली बताउँछन्। 

पराजुली भन्छन्, ‘५३ प्रतिशत मत झरिसकेको छ, बाँकी ९/१० प्रतिशत झर्ने हो, अव निर्वाचनगर्दा शान्तिपूर्ण भयरहित वातावरणबाट हुन्छ भन्ने ग्यारेण्टि छैन्, त्यसैले गणना गर्नु नै उपयुक्त हुन्छ। पुनः मतदानगर्दा ५३ प्रतिशतको अपमान गरेजस्तो हुन्छ,’ उनले भने, ‘मैले पनि आफ्नो अधिकार प्रयोग गर्न पाईन्, अधिकारबाट वञ्चित भएकोमा मलाई गुनासो छैन्, तर संम्भावित हुने खतरालाई रोक्न गणना गर्दा नै राम्रो हुन्छ।’

‘दलका उम्मेदवारहरुका यसबीचका गतिबिधी हेर्दा पुनः निर्वाचन शान्तिपुर्ण र सहज वातावरणबाट हुने देखिन्न,’ पराजुलीले भने, ‘उमेदवारले नै माहोल विग्रादै गएका छन्, आचारसंहिता विपरितका गतिबिधी हुन थालेका छन्, र अहिले झरको पनि मत खस्ने अवस्था छैन्, त्यसैले निर्वाचन गर्दा फेरि पनि असहज वातावरण भयो भने कतिपटक स्थगित गर्ने।’

उक्त वडामा ३ हजार १९२ मतदाता रहेका छन् त्यसमध्ये १ हजार ७१५ मत खसेको छ। ५३ दशमलव ७२ प्रतिशत मत अर्थात आधाभन्दा बढि मत खसिसकेकाले त्यसैले आधार मानेर गणना गर्नु पर्ने स्थानीयको भनाई छ। त्रियुगा नगरपालिकामा वडानं १२ वाहेक ३८ हजार ४५८ मत अर्थात ६७ दशमलव ८४ प्रतिशत मतदान भएको मुख्यनिर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.