२०७४ को तुलनामा सुरक्षामा अब्बल चितवनको निर्वाचन

२०७४ को तुलनामा सुरक्षामा अब्बल चितवनको निर्वाचन

चितवन : २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाको २१ ठाउँमा बम राखेर आतंकित पार्ने काम भएको थियो। तीन स्थानमा पेट्रोल बम प्रहार भएको थियो। माडीमा गठबन्धनका कार्यकर्ताबीच झडप भएको थियो। त्यही घटनाले सुरक्षा चुनौती बढाएको चितवनमा यसपालिको निर्वाचनभर केही घटना भएन। सर्वत्र चासो र चर्चामा रहेको चितवनको निर्वाचनमा सामान्य घटनासमेत भएन। राष्ट्रिय राष्ट्रिय राजनीतिसँग जोडिएको चितवनमा सुरक्षित तवरले निर्वाचन सम्पन्न भएको छ। जिल्लामा एउटा महानगरपालिका, पाँच नगरपालिका र एउटा गाँउपालिका छ। विगतको निर्वाचनको तुलना गर्दा चितवनको सुरक्षा ब्यवस्था अहिलेसम्मकै सफल हो।

निर्वाचनमा चितवनमा मात्रै करिब दुई हजार ९ सय सुरक्षाकर्मी खटिएका थिए। म्यादी प्रहरीमात्रै एक हजार ६५१ जना खटिएका छन्। सशस्त्र प्रहरीका ३१४ जना परिचालित थिए। चितवनको सुरक्षा ब्यवस्थामा चासो राखेर डीआईजी पूजा सिंहसमेत चितवन आएकी थिइन्।

नेपाली सेनाले बाहिरी घेरा सम्हालेको थियो। त्यस्तै सशस्त्र प्रहरी मतदानस्थल बाहिर र मोबाइल गस्तीमा थियो। नेपाल प्रहरीले मतदाताको सुरक्षासहित भित्री घेराको सुरक्षा गरेको थियो। जिल्लामा कुनै पनि घटना नभई निर्वाचन सफल बनाउन चितवन प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। ‘निष्पक्ष भयरहित र सुरक्षित वातावरणमा निर्वाचन सफल भएको छ,’ एसपी अधिकारीले भने, ‘कुनै पनि पनि घटना हुन दिएनौं। सबैको सहयोगबाट पूर्ण रुपमा सुरक्षित ढंगबाट शान्तिपूर्ण रुपमा निर्वाचन सफल भएको हो।’

मतदानपछि सीसीटिभी क्यामेराको निगरानीमा मतपेटिकालाई राखिएको छ। मतगणनास्थलमा ८ वटा क्यामेरा जडान गरिएको छ। सात फिट अग्लो तारको जालीको वार बनाएर मतगणना गरिएको छ। मतगणनाको लागि उम्मेदवारका निश्चित प्रतिनिधिबाहेक अरुलाई जान रोकिएको छ। मतगणना स्थलसम्म पुग्न तीन वटा सुरक्षा घेरा पार गर्नुपर्छ। मुख्य गेट, केन्द्रको गेटमा कडा सुरक्षा दिइएको छ। त्यसको भित्र हलमा मत गनिएको स्थानको छेउमा सुरक्षा घेरा छ।

केन्द्रीय राजनीतिको प्रतिष्ठासँग जोडिएको भरतपुरमा मुख्य गरेर भरतपुर महानगरपालिकाको निर्वाचनलाई विपक्षी दलहरुले आशंका गरेका थिए। तर प्रहरीले निर्वाचनको सुरक्षालाई सफल बनाएको छ। चितवन प्रहरीले निर्वाचनलाई सुरक्षालाई नियन्त्रण बाहिर जान दिएन। भरतपुरमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको सत्ता साझेदार पाँच दलीय गठबन्धन र एमालेबीच चुनावी प्रतिस्पर्धा थियो। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल दोस्रो कायर्कालका लागि चुनाव लडेकी छन्।

नेकपा फुटेपछि बढेको तिक्तताको प्रतिशोधको भावमा रहेको एमालेले सत्ताको शक्ति माथि आशंका गरेको थियो। तर जिल्लाको सुरक्षा निकाय मजबुत भएको कारण कसेले पनि प्रश्न गर्न पाएनन्। एमालेले यसअघि मतपत्र च्यातिएको घटनालाई बारम्बार उठाउँदै आएको छ। धाँधली हुनसक्ने आशंका एमालेको थियो। तर जिल्लाको सुरक्षा ब्यवस्था कडा भएको कारण प्रश्न उठाउन सकेका छैनन्। पर्यवेक्षकहरुलेसमेत सुरक्षा अवस्थताको प्रशंसा गरेका छन्।

चितवनको निर्वाचन नमूनाको भएको प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले बताए। ‘विगतको निर्वाचन हेर्दा कही न कही घटना भएको थियो। त्यसैको आधारमा हामीले सुरक्षा रणनिति बनाएर सुरक्षित, भयरहित निर्वाचन सफल बनाएका छौ,’ उनले भने, ‘विश्वसनीय, भयरहित मात्रै होइन सुरक्षाको दृष्टिले चितवनको निर्वाचन नमूनाको भएको छ।’

निर्वाचनको केही दिनअघि भरतपुरमा अनिल परियारको हत्या भएको थियो। नेपाली कांग्रेसका प्रतिनिधि परियारको हत्याको कारण राजनीतिक नभएको प्रहरीको भनाइ छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.