पर्साको पटेर्वासुगौलीमा एमालेको विरासत भत्काउदै कांग्रेसका उम्मेदवार विजयी
वीरगन्ज : पर्साको पटेर्वासुगौली गाउँपालिकामा नेकपा एमालेको विरासत भत्काउदै नेपाली कांग्रेसले जित हात पारेको छ। पटेर्वासुगौली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसले जित हात पारेको हो।
कांग्रेसका दिनेश कुमार चौधरी, निवर्तमान अध्यक्ष एंव एमालेका उम्मेदवार हरिनारायण चौधरीलाइ १२०० सय मत अन्तरले हराउदै गाँउपालिका अध्यक्षमा विजयी भएका हुन्। दिनेशले ५१४४ मत ल्याएका छन् भने एमालेका हरिनारायणले ३९४४ मत पाएका छन्।
२०७४ को निनर्वाचनमा दिनेश हरिनारायणसँगै ८२ मतको अन्तरले पराजित भएका थिए। यसैगरी उपाध्यक्षमा कांग्रेसकी ममता महत्तो थारु पुन दोहोरिएकी छन्। ४४४४ मतका साथ ममता उपाध्यक्षमा निर्वाचित भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी एमालेकी मन्तुरा देवीले ४०१३ मत पाइन्।
पटेर्वासुगौली गाउँपालिकाको वडा नम्बर १ एमालेका फरमान मियाँ अन्सारी, वडा नम्बर २ मा कांग्रेसका बिजय गैरे, वडा नम्बर ३ मा कांग्रेसकै माधव प्रसाद राउत थारु, वडा नम्बर ४ मा कांग्रेसकै बासु पन्न्जियार थारु र वडा नम्बर ५ मा कांग्रेसकै बिपिन चौरसिया वडाध्यक्षमा विजयी भएका छन्।