चितवन : तीन पालिकामा एमाले र एकमा कांग्रेसको नेतृत्व

चितवन : तीन पालिकामा एमाले र एकमा कांग्रेसको नेतृत्व

चितवन : जिल्लाको सात पालिका मध्ये तीन वटामा नेकपा एमाले विजयी भएको छ। गठबन्धनका उमेदवारलाई पराजित गर्दै कालिका नगरपालिका र इच्छाकामना गाँउपालिकामा प्रमुख र उपप्रमुख नै एमालेले जितेको छ। माडी नगरपालिकामा राप्रपासँगको तालमेलमा मेयर जितेको हो।

पूर्वीचितवनको खैरहनी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका शशीकुमार खनियाँ निर्वाचित भएका छन्। उनले एमालेका लालमणी चौधरीलाई ८५० मतान्तरले पराजित गरे। चौधरी यसअघि मेयरमा जितेका थिए। खनियाँले १४ हजार ५४५ मत ल्याए। चौधरीले १३ हजार ६९५ मत प्राप्त गरे।

उपप्रमुखमा नेकपा एमालेकी कविता उप्रेतीले गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी लक्ष्मी ढकाललाई ४ हजार ४९४ मत अन्तरले पराजित गरेकी छन्। एमालेले ५ वटा वडामा र कांग्रेसले ४ वटा वडामा प्यानलमै जितेको छ।

कालिका नगरपालिकाको प्रमुखमा एमालेका बिनोद रेग्मी र उपमेयरमा बिमला लामा बिजयी भए। नेपाली कांग्रेसका शिवराम केसी र उपप्रमुखमा माओबादी केन्द्रकी सबिता लामा पराजित भए।

जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनाको अध्यक्षमा एमालेका दानबहादुर गुरुङ निर्वाचित भए। उपाध्यक्षमा एमालेकै माया सिलवाल विजयी भइन्। कांग्रेसको अध्यक्षको उम्मेदवार गीताकुमारी गुरुङलाई फराकिलो मत अन्तरले पछाडि पार्दे दानबहादुर विजयी भएका हुन्।

२०७४ सालमा इच्छाकामनामा अध्यक्ष र उपाध्यक्ष कांग्रेसले एक्लै जितेको थियो। गाउँपालिकाको पाँच वडाको अध्यक्षमा एमाले र माओवादी काग्रेसले एक/एक वडामा जितेका छन्।

भरतपुर महानगरपालिकामा माओवादी, रत्ननगर नगरपालिकामा भने कांग्रेसको नेतृत्व अगाडि छ। भरतपुरमा माओवादी केन्द्रका रेणु दाहाल र रत्ननगरमा कांग्रेसका प्रल्हाद सापकोटा विजयी भएका थिए। राप्ती नगरपालिकामा नेकपा एसका शम्शेर लामा अगाडि छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.