उदयपुरको वेलका नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

उदयपुरको वेलका नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

उदयपुर : उदयपुरको वेलका नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

गठबन्धनबाट मेयर पदमा उमेदवार दिएका नेपाली कांग्रेसका अशोक कार्की र उपमेयरमा नेकपा एमालेका जिरा राई विजयी भएका छन्। कार्कीले प्रतिस्पर्धी एमालेका दुर्गाकुमार थापालाई ३ हजार १४० मतको फराकिलो मतान्तरले पराजित गरे।

निर्वाचित कार्कीले १० हजार १२० र थापाले ६ हजार ८०५ मत प्राप्त गरे। थापाले यसअघि २०७४ को निर्वाचनमा मेयर पदमा कार्कीलाई ५५२ मतले पराजित गरेका थिए। २०७९ को निर्वाचनमा आइपुग्दा कार्कीले गठबन्धन गरेर थापासँग बदला लिएका हुन्।

त्यसैगरी उपमेयरमा एमालेकी राईले प्रतिद्वन्द्वी सत्ता गठबन्धन दल माओवादी केन्द्रका मनोज तामाङलाई ७८१ मतान्तरले पराजित गरे। राईले ८ हजार २७६ र तामाङले ७ हजार ४९५ मत प्राप्त गरेका छन्।

९ वटा वडा रहेको बेलकामा १, ३, ४ र ९ नम्बरको वडाध्यक्षमा कांग्रेसका क्रमशः दिनेश्वर चौधरी, टंकप्रसाद आर्चाय, तीर्थराज अधिकारी निर्वाचित भएका छन्। वडा नं २, ५ र ६ नम्बर वडाध्यक्षमा क्रमशः एमालेका प्रेमबहादुर दाहाल, दिपकराज रेग्मी र बसन्तकुमार मगर निर्वाचित भएका छन्।

वडा नं ७ र ८ मा माओवादी केन्द्रका निकेश राई र जयकुमार राई विजयी भएको निर्वाचन अधिकृत जनकराज पन्तले बताए। जितसँगै उदयपुरको पालिका प्रमुखमा कांग्रेसको पहिलो जित हो।

यसअघि लिम्चुङ्गबुङ्ग, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिकामा गठबन्धन गरेर कांग्रेसले सबै ठाउँमा उपप्रमुख पद लिएको छ। काग्रेसबाट रौतामाईमा भुपेन्द्र थापा, ताप्लीमा धनमाया राई, लिम्चुङ्गबुङमा पुष्पलाल राई र उदयपुरगढी गाउँपालिकामा जित बहादुर खड्काले उपाध्यक्षमा जित निकालेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.