धरानको मत गणना सुचारु
धरान : बुधबार दिउँसोदेखि रोकिएको धरान उपमहानगरपालिकाको मत गणना सुचारु भएको छ। धरान २० मा १८ मत पत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइए पश्चात् माओवादीले अवरोध गरेपछि मतगणना स्थगित भएको थियो।
धरान २० को मत परिणामलाई यथास्थितिमा राखेर अन्य वडाको मत गणना सुचारु गर्ने राजनैतिक सहमती भएपछि मत गणना सुरु गरिएको सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले जानकारी दिए।
अहिले धरान ८, १२, १९, १४ र १३ नम्बर वडाको मत गणना गर्ने सहमती भएको माओवादीका नेता नवीन खत्रीले बताए।