धरानमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्रका हर्क सम्पाङको अग्रता

धरानमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्रका हर्क सम्पाङको अग्रता

धरान : धरान उपमहानगरपालिका जारी मतगणनको परिणाम अनुसार मेयरमा स्वतन्त्र र उपमेयरमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। 

मेयरमा स्वतन्त्र उम्मेदवार सामाजिक अभियन्ता हर्क साम्पाङ्ले ८६०६ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन्। कांग्रेसका मेयरका प्रत्यासी किशोर राइले ८४१५ मत प्राप्त गरी स्वतन्त्रका हर्कलाई पछ्याइरहेका छ्न्। तेस्रो स्थानमा रहेकी एमालेकी मेयरकी प्रत्यासी मन्जु भण्डारीले ६८९५ मत प्राप्त गरेका छन्। 

मतगणनाको रोचक प्रसंग के छ भने एमालेको पकड वाडमा वडाअध्यक्षले चुनाउ जित्दा मेयरमा एमालेको मेयर उम्मेदवारले भन्दा स्वतन्त्र उम्मेदवारले बढी भोट ल्याएका छ्न्। कांग्रेसको पकड वाडमा पनि स्वतन्त्र उम्मेदवारले समान भोट ल्याएपछि नतिजा अप्रत्याशित आउने अनुमान गरिएको छ। 

उपमेयरमा माओवादीका अइन्द्रबिक्रम बेघाले ९ हजार ५२० मत प्राप्त गरी अग्रस्थान कायम गरेका छ्न्। एमालेका पदम इस्बोले ९ हजार १६२ मत प्राप्त गरी बेघालाई पछ्याइरहेका छन्। 

धरान १९ को वडाअध्यक्षमा एमालेका पूर्णप्रसाद लिम्बूको प्यानल निर्वाचित भएको छ। उनले ९२८ ल्याउँदा कांग्रेसका राजकुमार थोप्राले ८१४ मत प्राप्त गरी उपविजेता बने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.