नवलपरासीको प्रतापपुरमा कांग्रेसका उमेशचन्द्र यादव विजयी

नवलपरासीको प्रतापपुरमा कांग्रेसका उमेशचन्द्र यादव विजयी

परासी :  नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

अध्यक्ष पदका उम्मेदवार उमेशचन्द्र यादवले जनता प्रगतिशिल पार्टी (जप्रपा) का उम्मेदवार करम हुसेन मियाँलाई २२ सयको फराकिलो मतअन्तरले पराजित गर्दै विजयी भएका हुन् । 

यादवले ६ हजार ८ र मियाँले ३८ सय ८ मत पाएका छन् ।  

उपाध्यक्षमा निर्वाचित मानकुमारी चौधरीले जप्रपाकी उमेदवार अञ्जुकुमारी चौधरीलाई १६ सय ४६ अन्तरले पराजित गर्दै विजयी भएकी हुन् । निर्वाचित अध्यक्ष चौधरीको ५८ सय ५५ र पराजित चौधरीको ४२ सय ९ मत छ । 

पराजित चौधरी यसअघि कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी हुन् । टिकट नपाएपछि चौधरी जप्रपामा गएर चुनाव लडेकी हुन् । 

यसैबीच, ९ वटा वडा रहेको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसले ४, राप्रपाले २ र एमाले, माओवादी केन्द्र र जप्रपाले १/१ वडाध्यक्ष जितेका छन् । 

वडा नं. १ को अध्यक्षमा नेपाली कांग्रेसका महेन्द्र चौधरी विजयी भएका छन् । वडा नं. २ मा राप्रपाका रामनरेश अहिर, वडा नं. ३ मा नेपाली कांग्रेसका ऋषिदेव दास र वडा नं. ४ मा जप्रपाका जन्त्री प्रसाद बरई वडाध्यक्षमा विजयी भएका छन् ।

वडा नं. ५ मा राप्रपाका रमेश कानु बनिया, वडा नं. ६ मा नेपाली कांग्रेसका केशवप्रसाद अधिकारी र वडा नं. ७ मा नेपाली कांग्रेसका हरेन्द्र यादव वडाध्यक्षमा विजयी भएका छन् ।

 वडा नं. ८ मा माओवादी केन्द्रका सन्तोष राजभर र वडा नं. ९ मा एमालेका जयकिशुन चौधरी वडाध्यक्षमा विजयी भएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.