धनुषाधाममा कांगेसको मेयर-उपमेयर निर्वाचित
जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। मेयरमा मेयर बालेश्वर मण्डल निर्वाचित भएका हुन्।
उनले ४ हजार ७ सय १८ मत ल्याएका छन् भने उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका योग कुमार यादवले ४ हजार १ सय ७९ मत ल्याएका छन्।
यस्तै उपमेयरमा कांग्रेसकै विद्यादेवी भुजेल निर्वाचित भएकी छन्। उनले ४ हजार १२५ मत ल्याइन् भने उनको निकटतम प्रतिद्वन्दी एमालेकी शान्तिदेवी सुडिन ३ हजार ६०३ मत ल्याइन्।
यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा समेत नेपाली कांग्रेसबाट बालेश्वर मण्डल विजयी भएका थिए।
प्रतिक्रिया दिनुहोस !