बहुदरमाइ नगरपालिकाको मेयरमा जसपा र उपमेयरमा एमाले विजयी

बहुदरमाइ नगरपालिकाको मेयरमा जसपा र उपमेयरमा एमाले विजयी

वीरगन्ज : पर्साको बहुदरमाइ नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ।

बिहीबार दिउँसो सम्पन्न मत गणनाको अन्तिम परिणामअनुसार मेयरमा सिंगासन साह तेली ६ हजार ४ मतका साथ निर्वाचित भएका हुन्।

तेली, निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार शिव पटेललाई ३४६ मतले पराजित गर्दै मेयरमा विजयी भएका हुन्। पटेलले ५ हजार ६५८ मत पाएका हुन्। निवर्तमान मेयर एवं कांग्रेसका उम्मेदवार नितेन्द्र साह भने तेस्रो स्थानमा रहे। उनले ५ हजार ५१६ मतमात्रै पाए।

मेयरमा निर्वाचित तेली, २०७४ सालको निर्वाचनमा भने स्वतन्त्र लडेर २ हजार ६३ मतका साथ चौथो स्थानमा सीमित भएका थिए।

उपमेयरमा भने एमालेकी उम्मेदवार सुष्मा कुमारी कुशवाहा विजयी भएकी छन्। कुशवाहा ६ हजार ४४० मतका साथ उपमेयरमा निर्वाचित भएकी हुन्।

उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी सोनामति देवी यादवले ५ हजार ५२५ मत पाएकी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.