अटोमेटिक पेस्तोलसहित पक्राउ

अटोमेटिक पेस्तोलसहित पक्राउ

राजविराज : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशी नदी किनारबाट ‘मेड इन युएसए’ लेखिएको अटोमेटिक पेस्तोलसहित बिहीबार एक युवा पक्राउ परेका छन्।

सशस्त्र प्रहरीले हनुमाननगर ककांलिनी नगरपालिका–१ भारदहस्थित कोशी व्यारेजदेखि उत्तर रहेको गोलघरबाट २६ वर्षीय रञ्जित मण्डललाई पक्राउ गरेको जानकारी दिएको छ।

विशेष सुराकीका हनुमाननगर ककांलिनी नगरपालिका–१ का मण्डललाई म्याग्जिनमा ६ राउण्ड लोड भएको अटोमेटिक पेस्तोलसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गण हेड क्वार्टरका एसपी प्रदिप खडकाले बताए।

सशस्त्र प्रहरी बरिष्ठ हवल्दार बिनोदकुमार मण्डलको टोलीले आरोपित मण्डललाई नियन्त्रणमा लिएको हो। ‘मेड इन युएसए ७.६५ एमएम’ लेखेको राउण्ड लाग्ने ९ मिमि ब्राउनिङ्ग नाम नखुलेको अटोमेटिक पेस्तोल म्याग्जिनमा ६ राउण्ड लोड भएको अवस्थामा उनको साथबाट बरामद भएपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रबह मण्डलले बताए।

पक्राउ परेका मण्डललाई कारवाहीका लागि हतियारसहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको छ।

पक्राउ परेका रञ्जित मण्डल । तस्विर : अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.