नवलपरासीको बर्दघाटमा एमालेको गठबन्धन भत्काउँदै कांग्रेस गठबन्धन विजयी

नवलपरासीको बर्दघाटमा एमालेको गठबन्धन भत्काउँदै कांग्रेस गठबन्धन विजयी

परासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रका गठबन्धन उम्मेदवार विजयी भएका छन्। यसअघ दुवै पदमा एमालेले जितेको नगरपालिकामा अहिले एमालेले राष्ट्रिय जनमुक्ती पार्टीसंग गठबन्धन गरेर चुनाव लडेको थियो। मेयरमा कांग्रेसका शम्भुलाल श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका रुद्र प्रकाश उपाध्याय विजयी भएका छन्।

निर्वाचित मेयर श्रेष्ठले एमालेका मेयर पदका उम्मेदवार धीरज शर्मा बस्याललाई ५१ सय ७१ को फराकिलो मतान्तरले पराजित गरे। श्रेष्ठले १८ हजार ४८९ मत ल्याउँदा शर्माले १३ हजार ३२७  मत ल्याएका छन्। 

उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीकी उम्मेदवार तारा रानालाई ७ सय ८५ मतान्तरले पराजित गर्दै उपाध्याय विजयी भए। उपाध्यायको १४ हजार ५९५ र रानाको १३ हजार ८१० मत छ। 

१६ वडा रहेको नगरपालिकामा २ वडा एमालेबाहेक सबै वडामा गठबन्धनले जितेको छ। जसमा नेपाली कांग्रेसले ११, र नेकपा एस, माओवादी केन्द्र र स्वतन्त्रले १\१ वडा जितेका छन्। 

निर्वाचित वडाध्यक्षमा वडा नं. १ मा सन्दिप सापकोटा, वडा नं. २ मा गणेशबहादुर क्षेत्री, वडा नं. ३ मा प्रकाशचन्द्र अधिकारी, वडा नं. ४ मा वेधविना तिवारी, वडा नं. ५ मा विमला गुरुङ, वडा नं. ६ मा रोहित थारु छन्।

वडा नं. ७ मा धु्व्र थारु, वडा नं. ८ मा कविराज आचार्य, वडा नं. ९ मा चन्द्रकान्त चापागाई, वडा नं. १० मा राजु मिश्र, वडा नं. ११ मा फडेन्द्र चौधरी, वडा नं. १२ मा उमाशंकर चौधरी वडाध्यक्षमा विजयी भएका छन्। त्यसैगरी वडा नं. १३ मा नरबहादुर चौधरी, वडा नं. १४ मा सन्तुबहादुर गाहा, वडा नं. १५ मा रुद्र आले र वडा नं. १६ मा भीमकाजी गुरुङ वडाध्यक्षमा विजयी भएका छन्। 

८ पालिका रहेको जिल्लामा पाल्हीनन्दन गाउँपालिकाको मात्र परिणाम आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.