तुलसीपुर उपमहानगरमा सत्तारुढ गठबन्धन र एमालेबीच तीब्र प्रतिस्पर्धा, गिरी १११ मतले अगाडि

तुलसीपुर उपमहानगरमा सत्तारुढ गठबन्धन र एमालेबीच तीब्र प्रतिस्पर्धा, गिरी १११ मतले अगाडि

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकाको सत्तारुढ गठबन्धनका उम्मेदवार मेयर गेहेन्द गिरी अगाडि रहेका छन्। १९ हजार ३ सय ५४ मतगणना हुँदा नेपाली कांग्रेसका मेयर गेहेन्द गिरीले १ सय ११ मतले अग्रता कायम गरेका छन् । कांग्रेसका गिरीले ७ हजार ९९९ मत प्राप्त गर्दा एमालेका टिकाराम खड्काले ७ हजार ८८८ मत प्राप्त गरेका छन् । 

यसैगरी उपमेयरमा एमालेका स्यानी चौधरीले ७ सय ३३२ मत प्राप्त गर्दा गठबन्धन दलका एसका जोगबहादुर रानाले ६ हजार १ सय ८९ मत प्राप्त गरेका छन् । चौधरी र रानाबीचको मतान्तर १ हजार १ सय ४३ रहेको छ । 
वडा नं. ६ मा अध्यक्षको मत बराबर तुलसीपुर उपमहानगरपालिका-६ को अध्यक्षको मत परिणाम बराबर रहेको छ । गठबन्धनदलको तर्फबाट वडा अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका लोराज डाँगी र एमालेका दुजमान भण्डारीबीच कडा प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत परिणामअनुसार वडाको ३ हजार ५ सय मतगणना हुँदा दुवैको मत परिणाम बराबर रहेको छ। दुवैले १ हजार ३ सय ६० मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.