केपी ओलीको गृहनगर दमकमा एमाले पराजित

केपी ओलीको गृहनगर दमकमा एमाले पराजित

झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा गठबन्धन दलका साझा उमेदवार राम थापा नगर प्रमुखमा निर्वाचित भएका छन्। नेकपा एमालेकी उमेदवार गीता अधिकारीलाई पराजित गर्दै थापाले प्रमुखमा बाजी मारेका हुन्।

दमक नगरपालिकामा यसअघि उपप्रमुख रहेकी अधिकारीलाई एमालेले पाँचदलीय गठबन्धनविरुद्ध बलियो प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा उतारेको थियो। सत्तारुढ दलको प्रस्ताव स्वीकार्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व मेयर रहिसकेका थापालाई उमेदवार बनाएपछि दमकको राजनीतिक माहोल हेर्न लायक भएको थियो।

नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रसहितको पाँचदलीय गठबन्धनले केन्द्रीयस्तरमा भएको देशव्यापी सहमतिको अवधारणाविपरीत झापाको दमकमा राप्रपालाई एमालेविरुद्ध प्रयोग गर्ने रणनीति बनाउँदै थापालाई अघि सारेको थियो।  

नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको समेत साथ लिएर निर्वाचनमा होमिएका राप्रपा नेता थापाले १७,५२५ मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी एमालेकी उमेदवार अधिकारीले १६,९६६ मतमा चित्त बुझाउनु परेको छ। दमकमा एक्लै चुनावी प्रतिस्पर्धाका लागि तयार भएको नेकपा एमाले एकातिर र राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ लिएर सत्तारुढ पाँचदलीय गठबन्धन अर्कातिर निर्वाचनमा होमिएका थिए।

अविच्छिन्न तीनदशकसम्म प्राध्यापन पेशामा बिताएकी अधिकारी २०७४ को स्थानीय तह निर्वाचनमा शानदार मतका साथ उपप्रमुखमा विजयी भएकी थिइन्। हारसँगै जनप्रतिनिधिका रुपमा आफ्नो कार्यकालमा अधुरा रहेका काम पूरा गर्ने र दमकलाई आर्थिक सामाजिक विकासका दृष्टिले उत्कृष्ट नगर बनाउने अधिकारीको सपनामा पूर्णविराम लागेको छ।  

२०७४ को स्थानीय तह निर्वाचनमा दमकमा दोस्रो राजनीतिक शक्तिका रुपमा स्थापित भएको राप्रपा सुरुदेखि काङ्ग्रेस र माओवादीको साथ पाएकाले चुनाव जितिन्छ भन्ने मानसिकतामा थियो। गठबन्धनको साख र विश्वास जोगाउँदै निर्वाचन जित्ने थापाको दाउ यसपटक पूरा भएको हो। २०७४ को स्थानीय तह निर्वाचनमा थापा एमाले उमेदवार रोमनाथ ओलीसँग पराजित भएका थिए।

दमकको आर्थिक सामाजिक विकासमा अरु कुनै राजनीतिक शक्ति निर्णायक हुन सक्दैन भन्ने नेकपा एमालेको बुझाई थियो। चौतर्फी आलोचनका बीच एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा अर्वौ रुपैयाँ लागतका विकास परियोजना सञ्चालनमा थिए।

गठबन्धन दलका तर्फबाट उपप्रमुखमा रेगिना भट्टराई बिजयी भएकी छन्। उनले एमाले उमेदवार अम्विका खनाललाई पराजित गरेकी हुन्। भट्टराईले १७,०७२ मत प्राप्त गरिरहँदा खनालले १६,५७४ मत ल्याएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.