मुख्यमन्त्री राउतकी श्रीमतीसहित दुबै स्वकीय सचिव पराजित, एकको जमानत जफत
जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउतका श्रीमती जलेखा खातुन मात्र होइन उनका दुई स्वकीय सचिव पनि चुनावमा पराजित भएका छन्। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव दीपक यादव र स्वकीय सचिव पशुपति यादव पालिका प्रमुखमा पराजित भएका हुन्।
दुबैजना निर्वाचनमा लड्न पदबाट राजीनामा दिएर उम्मेदवार बनेका थिए। पर्साको पटेर्वा सुगौली गाउँपालिका अध्यक्षमा उठेका दिपकले जमानतसमेत बचाउन सकेनन्। सो पालिकामा नेपाली कांग्रेसका दिनेशकुमार चौधरी ५ हजार १ सय ४४ मत ल्याएर निर्वाचित हुँदा चौथो नम्बरमा दीपकले ४ सय ६९ मत मात्र ल्याए। कूल मतको ५ प्रतिशत नआएपछि उनको जमानत जफतसमेत भएको छ ।
त्यस्तै धनुषाको कमला नगरपालिकाको मेयरमा उठेका पशुपति यादव कांग्रेस उम्मेदवार विशेश्वरप्रसाद यादवबाट एक हजारभन्दा बढी मतले पराजित भएका छन्। विशेश्वर ३ हजार ८ सय ८७ मत ल्याएर विजयी हुँदा दोश्रो नम्बरमा पशुपति २ हजार ८ सय ५९ मतमा सिमित भएर पराजय बेहोरेका छन्।
प्रतिक्रिया दिनुहोस !