ताप्लेजुङका नवनिर्वाचित प्रमुख तथा अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ
ताप्लेजुङ : स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित ताप्लेजुङका नगरप्रमुख तथा गाउँपालिका अध्यक्षले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
निर्वाचित सबैजनालाई शुक्रबार मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश प्रकाश राउतले शपथ ग्रहण गराएका हुन् ।
प्रमुख तथा अध्यक्षले शपथ ग्रहण गरेसँगै अब पालिकाका उपाध्यक्षसहित वडाध्यक्ष तथा वडा सदस्यलाई प्रमुख तथा अध्यक्षले शपथ ग्रहण गराउनेछन् ।
फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेनले भने शुक्रबार नै उपमेयर सहित वडाध्यक्ष र वडासदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए
अन्यले भने शनिबा गाउँपालिकाको केन्द्रमा पुगेर पदभार ग्रहण गर्ने तयारी गरेका छन् । यता मुख्य निर्वाचन अधिकृत राउतले नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेसँगै कार्यपालिका गठन लगायतका कार्यक्रमलाई अघि बढाउने बताए ।
एक नगरपालिकासहित ९ स्थानीय तह रहेको नगरपालिकासहित ६ स्थानीय तहमा गठबन्धनले र ३ मा नेकपा एमालेका उम्मेदवार प्रमुख तथा अध्यक्षमा निर्वाचित भएका छन् ।